भरतपुर महानगरपालिका: रेणु दाहाल १७७९ मतले देवी ज्ञवाली भन्दा पछाडी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भरतपुर महानगरपालिका: रेणु दाहाल १७७९ मतले देवी ज्ञवाली भन्दा पछाडी



चितवन, ४ जेठ

 

चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार प्रधानमन्त्री पुत्री रेणु दाहाललाई १७७९ पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता कायम गरेका हुन् ।

कांग्रेससँग तालमेल गरेर मेयर पदमा उमेद्वारी दिएकी दाहालले जित्न सक्ने अड्कल काटिएपनि एमालेका देवी ज्ञवालीले प्राप्त गरेको अग्रताले सबैमा मतपरिणामको ब्यग्र प्रतिक्षा रहेको छ । अहिलेसम्म मेयरमा एमालेका ज्ञवालीले
ज्ञवालीले ९२१२ मत प्राप्त गरेका छन् भने रेणु दहालले ७४३३ मत प्राप्त गरेकी छन् ।