रेणु दाहालको चरित्र हत्या गर्ने देवी ज्ञवालीका छोरा पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रेणु दाहालको चरित्र हत्या गर्ने देवी ज्ञवालीका छोरा पक्राउ



काठमाडौं, साउन १८ ।

सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने तथा कसैलाई गालीगलौज गर्न नपाइने प्रहरीले उर्दी जारी गरिसकेको छ । तथापी सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्ने व्यक्ति गिरफ्तार भएको केही साता पनि वित्न नपाउँदै प्रहरीले अर्का एकलार्इ पनि पक्राउ गरेकाे छ ।

भरतपुर प्रकरणलाई लिएर सामाजिक सञ्जालमार्फत भरतपुर मेयरकी दावेदार रेणु दाहालको चरित्र हत्या गर्ने गरी गाली गर्ने निरब ज्ञवाली गिरफ्तार परेछन् ।

निरज नेकपा एमालेकातर्फबाट भरतपुरमा मेयरका दावेदार देवी प्रसाद ज्ञवालीका छोरा हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर निरजविरुद्ध भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले प्रहरीमा उजुरी दिएकी थिइन् । दाहालको उजुरीका आधारमा ज्ञवाली बुधबार काठमाडौंको पुतलीसडकबाट प्रकाउ परेका हुन् ।

भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

अब ज्ञवालीलाई साइबर अपराधमा मुद्दा चलाइने महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।