रेणुलाई गठबन्धनबाटै धोका - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रेणुलाई गठबन्धनबाटै धोका



चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म मतगणना भएका वडामा कडा प्रतिस्पर्धा देखिएको छ । दुई वडाको परिणाम सार्वजनिक हुँदा दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् ।

मत गणना भैरहेको वडा नम्बर ३ मा पनि कांग्रेसकै उमेदवारको अग्रता छ । त्यस्तै कांग्रेसबाट उपमेयरमा उठेका चित्रसेन अधिकारी पनि अग्रस्थानमा छन् ।

उपमेयरमा सत्ता गठबन्धनका उमेदवारले राम्रो मत प्राप्त गरेका छन् । एमालेसँग तालमेल गरेका राप्रपाका उमेदवारको मत भने निकै पछाडी छ । कांग्रेसबाट बागी उठेका जगन्नाथ पौडेलले पनि एक हजार मत कटाएका छन् ।

भरतपुरको मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उमेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ । वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २१०५ मत पाएका छन् । यो जोड्दा ३५०२ मत हुन्छ ।

त्यतिबेलासम्म उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३४९८ मत पाएका थिए । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मतमात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।

यसले के देखाउंछ भने रेणुलाई जानुपर्ने कांग्रेसको मत आएको छैन । गठबन्धनबाट रेनुमाथि ढोका भएको देखिन्छ ।