“छोरी रेणुको स्वागतमा प्रचण्डको हाँसो ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

“छोरी रेणुको स्वागतमा प्रचण्डको हाँसो !



काठमाडौ /असोज ११ 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छोरी एवं भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुर विमान स्थलमा स्वागत गरेको तस्वीर सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

मंगलबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गृह जिल्ला चितवन पुगेका प्रचण्डलाई पुत्री रेणु दाहालले माला लिएर स्वागत गर्न विमानस्थल पुगेकी थिइन् ।

बाबुलाई स्वागत गर्न गएकी उनी दुई हातमा माला लिएर हासिरहेकी छिन् भने प्रचण्ड छोरीले औपचारिक पोशाकमा सजिएर आफूलाई गरिएको स्वागतका कारण प्रफुल्ल मुद्रामा देखिएका छन् । जुन तस्वीर सामाजिक सञ्जालमा चर्चामा छ ।

प्रचण्डले प्रतिनिधिसभाको निर्वाचन चितवनबाट लड्ने घोषणा गरिसकेका छन् । उनकी छोरी रेणु दाहालले केही महिना अघिमात्र भरतपुर महानगरपालिकाको मेयरमा जितेकी थिइन् । लोकतन्त्रबाट