रेणु, तिमी नआत्तिनु ! जित तिम्रै हुनेछ « Himal Post | Online News Revolution
Logo

रेणु, तिमी नआत्तिनु ! जित तिम्रै हुनेछ



तिमी बच्चै हुँदा तिम्रो बाबुले गरेको संघर्षले तिमीहरुको परिवारमा कति बिचल्ली थियो, त्य‍ो तिमी महसुस गर्न सक्छेउ। जस्ले प्रत्यक्ष भोगेको हुन्छ, उसलाई थाहा हुन्छ खास पीडा के हो ? यहाँ सुनेको भरमा भाषण गरिन्छ, देखेको भरमा कथा लेखिन्छ अनि प्रचार गरिन्छ।

रेणु,

तिमी मैदानमा छौ । तिम्रो संघर्ष, बलिदान र निरन्तरतालाइ मेटाउनै नसकिने सम्बन्धसँग जोडेर अनेक प्रचार गरिएको छ। सोच्, तिमी अब पक्कै जित्ने छौ। र, निराश नबन हारे पनि यो तिम्रो जित हुनेछ। साँच्चै समाज बिचित्रको छ । यहाँ सामाजिक न्यायको हिसाबले हैन्, आवेग, आरिष र उत्तेजनामा बिरोध हुन्छ । देखेर, बुझेर जानेर भन्दा पनि सुनेको भरमा। हिजो तिमी बच्चै हुँदा तिम्रो बाबुले गरेको संघर्षले तिमीहरुको परिवारमा कति बिचल्ली थियो, त्य‍ो तिमी महसुस गर्न सक्छेउ। जस्ले प्रत्यक्ष भोगेको हुन्छ, उसलाई थाहा हुन्छ खास पीडा के हो ? यहाँ सुनेको भरमा भाषण गरिन्छ, देखेको भरमा कथा लेखिन्छ अनि प्रचार गरिन्छ।

म तिमीलाई हाम्रै उदाहरण दिन्छु। खास राजनीति के हो ? बहस गर्दै जाँदा जनताको पक्षमा गरिने काम मात्र भनेर त्यतिबेला मेरै बुबाले दिएको उत्तर पनि खै किन हो मलाई मन परेको थिएन। हाम्रा बा राजनीतिमा भएको कारण त्यतिबेला समाजमा हामीलाई कति सम्मान थियो या घृणा हामीले सजिलै महसुस गर्न सक्थ्यौं। घरको जिम्मेवार मान्छेले जनताको लागि काम गर्छु भनेर घर छोडेपछिको बिचल्ली आजको राजनीतिले त सायद महसुस गर्न पनि सक्दैन। किनभने आज परिवेश खुला छ। आजको लडाईं हिजोको भन्दा महत्वपूर्ण भएपनि आजको जस्तो सजिलो पक्कै थिएन। बा राजनीतिमा लागेकोले पनि हामीले धेरैथोरै राजनीति बुझ्यौं। आफ्नो संगठनको मान्छे र पार्टीको भन्ना साथ यति धेरै माया र पारिवारिक सम्बन्ध हुन्थ्यो त्यतिबेला ।

तिमी अब पक्कै जित्ने छौ। र, निराश नबन हारे पनि यो तिम्रो जित हुनेछ। यहाँ सामाजिक न्यायको हिसाबले हैन्, आवेग, आरिष र उत्तेजनामा बिरोध हुन्छ । देखेर, बुझेर जानेर भन्दा पनि सुनेको भरमा।

सायद आज त्यो कथाजस्तो लाग्न सक्छ। बा भूमिगत भएपछि परिवारमा निश्चितरूपमा समस्या थियो। तर राजनीतिक रुपमा हामीपनि सिक्दै गयौँ। जनताको काम गर्नुपर्छ भन्ने थियो। नबुझेरै हामी पनि राजनीतिमा आयौँ। समस्या ,अप्ठ्यारो र संघर्षले जीवननै विश्वविद्यालय बन्न पुग्यो। पोखरा, तनहुँ, लमजुङ र गोर्खाको होलटाइमर बनेर बिद्यार्थीमा काम गर्दा सायद जीवनले जनताक‍ा लागि बलिदान मागेक‍ो अनुभुति हुन्थ्य‍‍ो। रगत उम्लिन्थ्यो। तर समयसँगै हरेक कुरा परिवर्तन भयो। संघर्षको कुरा गरेर नथाक्ने पार्टीले संघर्षको थालनी गर्न सकेन । त्यतिबेलै पनि नेताकी छोरी भएकोले केन्द्रमा पुगेको कुरा उठ्थ्यो। हामीले गर्ने कामको भन्दा पनि कहिल्यै मेटाउन नसकिने सम्बन्धलाई लिएर हामीमाथि पटकपटक प्रहार हुन्थ्यो। पछि हामीले पार्टीनै परित्याग गर्यौं, अर्को पार्टीमा लाग्यौं।

शारदा शर्मा

नेपालका कम्युनिस्टहरुको आन्तरिक रोग नै रहेछ, यो त्यहाँ पनि हामीले यस्ता खाले प्रहार सामना गर्यौं । र, अन्ततः कुनै पनि पार्टीको सदस्य नरहने निर्णय गरी पत्रकारिता सुरु गर्यौं। त्यहाँ पनि कस्तो पर्यो भने पत्रिका निकालिन्थ्यो, मेरो श्रीमान पत्रिकाको सम्पादक उहाँ लेख्ने, म पनि लेख्ने, बा का लेखहरु पनि कहिलेकाँही छापिने अरु नभएर मेरो ठूलो भाइको समेत कलम चल्ने । त्यहाँ पनि सम्बन्धलाई निकै उचालियो। हामीले मिलाएका अक्षरहरु पढेर आनन्द लिनेहरु हाम्रा सम्बन्धलाई लिएर फेरि आक्रमणमा उत्रिए। मानिसहरु काम र कामको प्रकृतिलाई भन्दा संबेदनसील हुने सम्बन्धलाई प्रहार गरेर राजनीति गर्ने गर्छन्। सीप र क्षमता हुनेहरुलाई न सम्बन्धले उचाल्न सक्छ न पछार्न । त्यसैले कमजोरहरु सम्बधलाई लिएर आफ्नो बहस सुरु गर्छन् । संकटकालमा सम्बन्धकै कारण हामीले चलाएका कलमले आत्तिएर पटकपटक मेरो श्रीमानलाई बेपत्ता पारिँदा हामीमाथि भएको यातना कसैले महसुस समेत गर्न सक्दैनन, सक्छन् त केबल फेरि सम्बन्ध उचालेर हामीमाथि प्रहार गर्न। जब हामीले टेलिभिजन सुरु गर्यौं, झनै आक्रमण चौतर्फी बढ्यो। यहाँ स्वतन्त्रताको कुरा गरेर नथाक्नेहरु आफ्नो कमजोरी ढाकछोप गर्न फेरि हाम्रो कामसँग कुनै साइनो नभएको सम्बन्धलाई उचालेर आफ्नो महानताको प्रचार गर्न थाले । हामी थाकेनौं । हो, हामी परिवर्तनमुखी पक्कै थियौं। संघीय गणतान्त्रिक समाजको कल्पना गर्दै नया संविधान स्थापना गर्न हामी लागेकै हो। हाम्रा सोच र हाम्रा मान्यताहरु कुनै पार्टीसँग मिले होलान्, हामीले ब्यक्त गर्ने बिचारहरु कसैसँग नजिक भए होलान्, त्यसैले पनि आत्तिएर हामीलाई फेरि प्रचारवालाहरुले नै कित्ता छुट्टाइदिए । हामी डग्मगाएनौं, न डग्मगाउने नै छौँ । परिवर्तन र अग्रगमनको लागि समाज परिवर्तनका लागि हामी निरन्तर लागिरह्यौं । र, लागिरहने छौँ आफ्नो ठाउँबाट । त्यसैले हाम्रो कामसँग कुनै साइनो नभएको परिवेशलाई त पटकपटक सम्बन्धसँग गाँसेर हेरिने समाजमा तिमी त एउटै बयलगाढामा सबार छौ। त्यसैले संयमित हुनैपर्छ।

यहाँको चलन यस्तै छ रेणु । यहाँ हाम्रो पद देखिन्छ तर हाम्रो काम, हाम्रो संघर्ष, त्याग र निरन्तरता देखिँदैन। हामीले गरेका काम हाम्रो संघर्षको अवमूल्यन गरिन्छ । घटिया सोचहरु बोकेर मात्र सम्बन्धको बहस गर्नेहरुसँग रेणु तिमी आत्तिनु पर्दैन ।

यहाँको चलन यस्तै छ रेणु । यहाँ हाम्रो पद देखिन्छ तर हाम्रो काम, हाम्रो संघर्ष, त्याग र निरन्तरता देखिँदैन। सम्बन्धको लेपन लगाएर हाम्रो क्षमताको बहस गरिन्छ, नाफा र घाटाको ब्यापारलाइ फेरि सम्बन्धसँगै जोडेर प्रहार गरिन्छ । तर, हामीले गरेका काम हाम्रो संघर्षको अवमूल्यन गरिन्छ । यस्ता घटिया सोचहरु बोकेर मात्र सम्बन्धको बहस गर्नेहरुसँग रेणु तिमी आत्तिनु पर्दैन । यहाँ तिम्रो काम तिम्रो योगदानलाई भन्दा तिम्रो सम्बन्धलाई नै उचालिन्छ। यदि राजनीति गर्ने हो भने बिचलित पक्कै नबन्नु। यहाँ अरुसँगको सम्बन्धसँग आत्तिएर आफ्नैमा कचहरी लगाउनेहरु धेरै छन्। त्यसैले काम गर्नेहरु डराउनु पर्दैन। प्रत्यक्ष जनतासँग हुँदा पनि नेताका छोराछोरी बिदेशमा भन्नेहरु छन् यहाँ। तिमी त मैदानमा छौ। च्यालेन्ज र चुनौती बोकेर मैदानमा उत्रिने खेलाडीलाई कतिले समर्थन गर्छन्, कतिले बिरोध । आज तिमीमाथि देखिएका यी तमाम दृश्यहरुलाई सम्भाबनाका खुला ढोका सम्झेर निरन्तर जनताको काममा लाग्नु। आफ्नो उदाहरण दिएर तिमीलाई सुझाव दिइरहँदा हामीमाथि पनि सम्बन्धलाई लिएर आज पनि प्रश्नबाचक चिन्ह खडा भैरहेको नै छ, आफ्नै मनगढन्ते कित्ताकाट आज पनि गरिरहेका छन्, मान्छेहरु हाम्रो बिषयमा। सोच्छु, साँच्चै सम्बन्ध के हो ? र, पनि समाज परिवर्तनको लागि हिँडेका सिपाहीहरु सिस्ने पहाडमा हुन या ओझेल परेको मैदानमा । भन्नेहरुले भनिरहन्छन्, लागिरहनुपर्छ । हरेक कुरा हाम्रो काम र ब्यबहारले प्रष्ट हुँदै जानेछ। त्यसैले तिमी पटक्कै नआत्तिनु।

(लेखिका माओवादी नेता दीनानाथ शर्माकी छोरी हुन् ।)

दैनिक नेपालबाट