रेणु दाहालले जित्नु पर्छ ,संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी शेर बहादुर देउवाको काधमा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रेणु दाहालले जित्नु पर्छ ,संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी शेर बहादुर देउवाको काधमा !



कुश बस्नेत ,बेलायत

स्थानीय तहको निर्वाचनमा चितवन भरतपुर महानगर पालिका का सबै वार्डहरुमा नेपाली काँग्रेसले जित्योस। भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल नै जित्योस। किन भने म नेपाली काँग्रेसको सच्चा सिपाई र ईमान्दार कार्यक्रता भएकोले पार्टीले गरेको चुनावी तालमेलको गठबन्धन शहर्ष स्वीकार गर्दछु। नेपाली जनताको सात दशक लामो सङ्घर्ष हजारौँ सहिदहरुको बलिदान पार्टीका अग्रजहरुको अथक मेहनत तथा प्ररिश्रमबाट नेपाली काँग्रेसको नै नेतृत्वमा निर्माण भएको सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि नेपाली काँग्रेसकै भएकोले परिवर्तनका पक्षधर सङ्घीय गणतन्त्र नेपालका अग्रगामी राजनीतिक समान विचारहरूको भएका दलको बिच चुनावी गठबन्धनको तालमेलमा हामी नेपाली काँग्रेसका नेता तथा कार्यक्रताहरुले ईमान्दारिताका साथ पालना गर्नु पर्दछ भन्ने मूल्य मान्यता राख्नु पर्दछ।

राजनीतिक खिचातानीका बिच प्रचण्ड सरकारले स्थानीय निर्वाचन गर्ने हिम्मत गर्नु देश र जनताको लागि अति महत्त्वपूर्ण क्षण साबित गरेकोछ। संविधानलाई कार्यान्वयन गर्न २०७४ साल माघ ७ गते भित्रमा स्थानीय, प्रादेशिक र सङ्घीय सांसदको निर्वाचन हुनु अनिबार्यता रहेकोछ। संविधानको सर्वास्विकार्य नभए सम्म निर्वाचनमा नआउने अठोट गरेका मदेशबादी दलहरूको असन्तुष्टिका बावजुत पनि नेपाली काँग्रेसका आदरणीय सभापति शेर बहादुर देउवाको कुशल नेतृत्व र सक्षम निर्यण गर्न सक्ने राजनीतिक क्षमताले २० वर्ष पछि स्थानीय तहको निर्वाचनको पहिलो चरण पूर्ण रूपमा सफल भएको छ।

राजनीतिकमा व्यक्तिगत नाफा र नोक्सान तथा पार्टीको स्वार्थ हेर्न थाल्यो भने देश र जनताको लागी ठुलो घातक हुनसक्दछ। त्येसैले देश र जनताको लागी यो सरकारले गरेको योगदानलाई प्रशंसा नै गर्नु पर्दछ। कुन पार्टीले कहाँ जित्यो वा कहाँ हार्यो भन्दा पनि देश र नेपाली जनताको ठुलो विजय भएको हामी जस्ता ईमान्दार कार्यक्रताहरुलाई स्वोभाबिक लागेको छ नेपालको संविधान २०७२ ले निश्चित गरेका नेपाली जनताका हक अधिकारहरूको कार्यान्वयन तथा संरक्षण गर्नु आजको प्रमुख आवश्यकता हो।

यो विचार लेखि रहदा मेरो अन्तरआत्म देखि यस्ता वाक्यहरु आइरहेका छन्। म आफै माओवादी द्वन्द्व पीडित एउटा युवक हुँ आज म बेलायतमा बसेर मेरा विगतका इतिहासको स्मरण गर्दा मलाई अहिले पनि बेहोस बनाउछ तर पनि मेरो आफ्नो भावनालाई च्यापेर एउटा घटना यहाँ बताउने मन लाग्यो। मेरो आफ्नै धन बहादुर काका लाई माओवादीले लौराले घोची घोची हामी घर परिवार मेरो आमा र हजुराआमाको अगाडी मारेको घटनाले अहिले सम्म हाम्रो परिवारलाई बिहोस बनाउछ। यो पनि थाहा छ कि माओवादीले मलाई गुल्मीको अघा खोलाबाट अपहरण गर्दा मलाई कति ज्याद्ती गरे मैले सबै भोगे त्यो पनि मैले अझै भुलेको छैन त्यस समयमा माओवादीको डरको मारे मेरो पक्षमा गुल्मीमा बोल्ने मान्छे कोही थिएन। म महान् पार्टी नेपाली काँग्रेसको सच्चा र ईमान्दार कार्यक्रता भएकोमा धेरै गौरवान भएको छु १० वर्ष लामो माओवादी द्वन्द्वमा फसेको देशलाई १२ बुदे विस्तृत शान्ति सम्झौता गरी तत्कालीन नेपाली काँग्रेसका आदरणीय सभापति गरिजा बाबुको नेतृत्वमा मूल राजनीतिक धारमा माओवादी आउनु ठुलो सफलता भएको ठान्दछु।

दुई देशक पछि भएको स्थानीय निर्वाचनमा बिभन्न कारणहरूले सबै ठाउँमा नेपाली काँग्रेसको सफलता हासिल गर्न नसक्नु सम्पूर्ण इमान्दार नेता तथा कार्यक्रताहरुलाई ठुलो दुखको चोट पुगेकोछ। आफूले उम्मेदवारी नपाउदा बागी उम्मेदवार बन्ने, पार्टीलाई अन्तरघात,पक्षघात र आत्म घात गर्ने जस्ता अति अविश्वासनीय निन्दनीय राजनीतिक बैमानी गर्ने धुर्तहरुको घोर विरोध तथा भर्त्सना गर्दछु। यस्ता धुर्त स्वार्थीहरुले हाम्रो महान् नेपाली काँग्रेस पार्टी तथा देश र नेपाली जनतालाई ठुलो धोका दिएका छन् नेपाली काँग्रेसको वर्तमान आदरणीय सभापति शेर बहादुर देउवाको नेतृत्वलाई असफल गराई काँग्रेसलाई दलदलमा डुवाउन चाहान्छन। नेतृत्वलाई नस्विकारी पार्टीको बिधिबिधानको परिधि भन्दा बाहिर गएर पार्टी विरोधको गतिविधि कार्यमा संलग्न धुर्तहरुलाई नेपाली कांगेस पार्टीले कडा भन्दा कडा कारबाहीको माग पनि गर्दछु।

म जस्तै विदेशमा रहने हाम्रा कांग्रेसी साथीहरूले काँग्रेस विरोधी अनलाइन न्युज पोर्टलहरु पढेर वा विरोधीका स्टाटस पढेर नेपाली काँग्रेसका नेता तथा नेतृत्वलाई गालीगलोज गर्नु पार्टी विरोधी गतिविधि नै भन्ने ठान्दछु। काँग्रेसको विधानले ४ वर्ष सम्म पार्टीको नेतृत्व गर्न दिएको जिम्मेवारीलाई २,४ जना पार्टी विरोधी तत्वहरु विदेशमा बसेर सामाजिक सञ्जालमा जताभाबी आदरणीय सभापति शेर बहादुर देउवाको बारेमा लेख्नु नै पार्टीको बर्खिलाप गरेको भन्ने बुझिन्छ। नेतृत्वलाई कम्जोर बनाउन खोज्दा पार्टी नै काम्जोर हुने भएकोले यस्ता धुर्त काँग्रेस विरोधी व्यक्तिहरूलाई नेपाली काँग्रेस वा काँग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिको साधारण सदस्यबाट पनि निष्कासन गर्नु पर्ने माग गर्दछु।

महान् ऐतिहासिक पृष्ठ भूमि बोकेको लोकतान्त्रिक काँग्रेस पार्टीका संस्थापक नेता महामानव बिपी कोइरालाले जहानिया राणाशासन को अन्त्य २००७ सालको नेतृत्व गर्दै २०१५ सालमा नेपालको पहिलो जननिर्वाचित प्रधान मन्त्री भए भने २०३३ को मेलमिलाप २०३६ सालको ऐतिहासिक जनमतसंग्रह को नेतृत्व गरे २०४२ सालको सत्यग्रह २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व सर्वामान्य नेता लोहापुरुष गणेश मान सिंहले गरे पहिलो प्रजातान्त्रिक संविधानको निर्माण सन्तनेता कृष्ण प्रसाद भट्टराईले गरे ६२/६३ को लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै दश बर्से माओवादी द्वन्द्व अन्त्य हुँदै १२ बुदे विस्तृत शान्ति सम्झौता सङ्घीय गणतान्त्रिक लोकतन्त्रमा शिखर पुरुष गरिजा प्रसाद कोइरालाको नेतृत्वको पालामा परिवर्तन आयो. २०७२ सालमा मुलुकले सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान त्यागी सादगी नेता सुशील कोइरालाको नेतृत्वमा मुलुकले नयाँ संविधान पायो। सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान २०७२ लाई कार्यान्वयन गर्ने जिम्मेवारी नेपाली काँग्रेसका वर्तमान आदरणीय सभापति शेर बहादुर देउवाको नेतृत्वलाई मुलुकले पर्खिएर बसिरहेकोछ।

नेपालको प्रजातान्त्रिक इतिहासको पन्ना पल्टाउदा नेपाली काँग्रेसको नेतृत्वमा नै सबै परिवर्तनको नेतृत्व गरेको इतिहास साक्षी छ । यदि अहिले सङ्घीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयन भएन म जस्ता युवा कति पुस्ता सम्म सडकमा आन्दोलन गर्ने, कहिले देशलाई समृद्ध बनाउने त्येसैले नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा चुनावी नारा नै चलायो। “कांगेसको पालामा संविधान, काँग्रेसकै पालामा शान्ति र समृद्धिको अभियान”, जय नेपाल!

(लेखक हाल बिपी चिन्तन प्रतिष्ठान बेलायतका अध्यक्ष हुन)