भरतपुरमा रेणुले फेरि घटाईन् मतान्तर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भरतपुरमा रेणुले फेरि घटाईन् मतान्तर



भरतपुर महानगरपालिकाका प्रमुखमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार माओवादी उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच १७ मतको अन्तर छ।

सुवेदीले ४ हजार ९ सय १५ मत प्राप्त गरेका छन् भने रेनुले ४ हजार ८ सय ९८ मत ल्याएकी छिन्। त्यस्तै, कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले आफ्नो मत बढाउँदै लगेका छन्।

भुँईकटहर चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार पौडेलले २ हजार २ सय ७५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपा उम्मेदवार हिमला गुरुङभन्दा १ हजार ९ सय ३८ मतले अघि छन्।

भरतपुर महानगरपालिकाको मतगणनालाई चासोका साथ हेरिएको छ। यहाँको वडा नं १, २ र ३ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।