फरार रहेका रेशम चौधरीको मत धेरै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फरार रहेका रेशम चौधरीको मत धेरै



कैलाली ।

कैलाली निर्वाचन क्षेत्र नम्वर १ मा प्रारम्भिक मतगणनामा टीकापुर घटनाका फरार अारोपी रेशम चौधरीले अग्रता कायम गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कैलालीमा साँझ सुरु भएको मत परिणामअनुसार गणना गरिएको तीन सय मतमा २ सय ४३ मत चौधरीले पाएका छन्।

यसअघि प्रतिस्पर्धा हुने आंकलन गरिएका वाम गठवन्धनकी उम्मेदवार मदनकुमारी शाह गरीमा र कांग्रेसकी ईश्वरी न्यौपानेले कम मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी शाहले २२ मत पाएकी छिन भने कांग्रेसकी न्यौपानेले पनि २२ मत मात्रै प्राप्त गरेकी छन् ।