रेशम चौधरीका बुवाको जित पक्का, माओवादीलाई ठूलो धक्का - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रेशम चौधरीका बुवाको जित पक्का, माओवादीलाई ठूलो धक्का



बर्दियाको क्षेत्र नं २ मा रेशम चौधरीका बुवा लालबीर चौधरीको विजय निश्चित बनेको छ । स्वतन्त्र उम्मेदार रहेका चौधरीलाई रेशमको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो ।

चौधरीले फराकिलो मतान्तरले अग्रता लिएर आफ्नो जित सुनिश्चित गरिसकेका छन् । लालवीले ६१ हजार ९७० मत गणना हुँदा २२ हजार ४२३ मत ल्याएका छन् भने माओवादीका सुरेश पन्तले १६ हजार ६०० मत ल्याएका छन् ।

त्यसैगरी, एमालेका पंकजसिंह राठोरले १०१८२ र राप्रपाका विनय रावलले ६९९९ मत ल्याएका छन् । यहाँबाट ९३ हजार ४९ले मतदान गरेका छन् ।

यो क्षेत्रमा जेलमा रहेका रेशमले नै उम्मेदवारी दिएका थिए त्यतिनै खेर रेशमले आफ्ना बुबा लालवीरलाई स्वतन्त्र उम्मेदारी दिन लगाएका थिए । रेशमको उनको उम्मेदवारी खारेज भएपछि उनको पार्टीले बुबालाई समर्थन गरेर चुनावमा गएको थियो ।

०६४ देखि ७४सम्मका तीनै निर्वाचन जितेको माओवादीले यो क्षेत्रलाई आधार इलाका मानेको थियो तर यसपटक नयाँ अनुहारलाई प्रतिस्पर्धामा पठाएको थियो ।

थारु बाहुल्य रहेको यो क्षेत्रमा यसअघि लगातार जितेका सन्तकुमार चौधरीलाई माओवादीले उम्मेदारी नदिएर सुरेश पन्तलाई उम्मेदार बनाएको थियो ।