रेष्टुरा कि काली (भाग दुई ) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रेष्टुरा कि काली (भाग दुई )



हरि थापा

त्यो रात म अबेला सम्म निदाएको थिइन्।  दर्जनोैँ पटक कोल्टे फेरे,छटपटी भइरह्यो ।मोबाइल निकालेर उनको नंम्बरमा डायल गरे एन टी सीले फतफतायो माफ गर्नुहोला भन्दै माफी मागिरह्यो,कुरा हुन सकेन,आफैलाई दिक्क लाग्यो त्यसपछि पुन कोल्टे फेरे झ्याल ढोकाको पर्दा लगाए अनि अोछ्यानमा लडिबडी गरे त्यति गर्दा पनि मन शान्त हुँदै भएन ।

उफ कालीको भुत्त चढ्यो कि के हो?कि मोहनी लाग्यो आफैलाई प्रश्नवाचक लगाउथे, म उसका अाकृतिहरु भिन्न भिन्न रूपमा आफ्नै सामु उभिएको देख्दै थिए।जब उसको आकृति सँग मस्त गर्दै गरेको बेला सकस भएर झ्वाट्ट अाखाँ खोल्थे म आफ्नै बेडमा एक्लो पल्टिरहेको हुन्थे।केटाहरुले भन्ने गर्थे केटी च्वाक् छे हर्ट छे सेक्सी छे, तर यो सब के लाई भन्ने? उसले लगाएको ग्लामर्स टपक्क कसिएको टि-सर्ट अनि हाम फाईन्ट अथवा स्कटलाई त्यति लाई नै सेक्सी हर्ट भन्ने हो भने सबै मापदण्ड पुग्छ।उनको फेसन पनि यस्तै थियो मन रफ्तारमा दोैडिरह्यो ।

फेरि पनि अाखाँ बन्द गर्‍यो कि उनको आकृति देखिहाल्थे अनि मनमनै स्पर्श गर्थे जब मेरा हातहरू उनको आधा शरीरमा पुग्थे मेरो पसिना छुटिसकेको हुथ्यो आँखा पट्टकै खोल्ने मन हुदैनथ्यो,सास रोकिएला झैँ भएपछि पुन आँखा खोल्थे,कोठा शून्य लाग्थ्यो आफूलाई उत्तानो परेर बेडमा पल्टिएको अवस्थामा पाउथे।

यतिविध्न कल्पनाले भित्रभित्र पोैडी खेलिरहदा मध्यरातमा निन्द्रा स्वाँहा भइसकेको थियो अहो!याद पनि कति आको साच्चिकै दुईचार शब्द के बोल्न पाएको थिए चुर्लुम्मै मायाँमा डुवेछु जसोतसो रात वित्दै थियो ।भोलीको अफिस सम्झिदै निदाउन् कोसिस गर्थे निन्द्रा धेरै टाढा पुगिसकेको झैँ लाग्थ्यो ।लामो प्रयास पछि अन्तिम निदाउने एउटा उपाए मात्र बाँकी थियो अोछ्यानमा पल्टेको शरीरलाई फतक्क गलाउनु थियो ।

दायाँ बायाँ हेरे बत्ती निभाए अाखाँ चिम्मा पारे उसलाई सम्झिए शिर देखि पैताला सम्मको आकृति प्रस्ट देखियो, भिन्न भिन्न स्वरूपमा कल्पिए जोस निकाले शरीरको तापक्रमले चरम सीमा नाघ्यो एकै छिनमा भुईचालो गएझै ज्यान पुरै हल्लियो न्वारान देखिको शक्ति एकै ठाउँमा केन्द्रित भयो।

तिन देखि सात सेकेण्ड जति शरीर झमझम गर्‍यो एकै छिनमा शरीर फतक्क गल्यो ठुलै वजन उठाए र दिनभरि काम गरे झैँ ढाड दुख्यो
दायाँ कोल्टे फेरे मन पुरै सन्तुष्टि भयो। ठुलै बस्तु प्राप्त गरेझै लाग्यो अलि अगाडी उकुसमुकुस हुँदै पोलेको पेट शीतल भयो।शरीर शून्य डिग्रीमा झर्यो अनि मस्त निदाए।

बिहान ब्युझिदा सवाँ सात भएछ। निन्द्रा पुगेको थिएन सुत्न मन थियो तर अफिस जानैपर्ने थियो मुस्किलले उठे हातमुख धोए फ्रेस भए। सबै भन्दा पहिला रेष्टुरा की कालीलाई कल डायल गरे..
कल लाग्यो हेल्लो मधुर स्वरमा फोन उठाईन !को बोल्नु भयो हजुर? म क्याँ हिजो राती दश बजे सम्म सँगै बसेको कति छिटो विर्सेको! ए:ए दाइ हो। लोैन! दाइ भनेपछि मन चसक्क घोच्यो, अनि जवाफ दिए। एस हो नि ।मोरीले दाइ नभन्या भए हुन्थ्यो पहिलो बोलीमा नै दातमा ढुङ्गा लाग्यो ।केही छैन अब उम्किने वालाँ छैन जिउ सिरिङ्ग भएर फेरि पनि ऊर्जा आउन थालिसकेको थियो।

आज भेटम है! कति बजे, ठ्याकै पाँच बजे न्यू केएफसि क्याफे नाई!अन्तै जाने केएफसी क्याफे नजाने! पहिलो रिक्वईष्ट नै रिजेक्ट भयो कस्तो नकार्न जानेकी कस्ती केटी मन अमिलो भयो।किन? मैले प्रश्न तेर्रस्याए !त्यतिकै अप्ठ्यारो लाग्छ क्या! एक छिन मोैन बसे कस्ती केटीको सङ्गत गर्न पुगेछु बा! अरूका गर्लफ्रेण्ड क्याफे जाने भनेर मरिहत्य गर्छन् ऊ चाहिँ क्याफे नजाने कुरा गर्ने कुरो बुझ्या भए मरिजोैँ सुनेको थिए त्यो क्याफेमा कप्पलहरुको लागि स्पेसल व्यवस्था,सुविधा हुन्छ रे!भन्ने सुनेको थिए,प्लान भातभुङ्ग भयो कति सपना देखेको थिए एकैछिनमा हावाँ भरेको वेलुनमा काडाँले च्वास्स कोप्दा फुस्स हावाँ फुस्के झैँ मन अोईलायो ।त्यसो भए छाडदिम होस नभेटोैँ भन्न मन लागेको थियो।तर मनले मानेन् भेट्न त भित्र देखिनै मन थियो एक दिन पर्खिन पनि एक दशक नै पर्खिनु परेको झैँ लागेको थियो।

यति सम्म पुगेेपछि छाड्ने त कुरै थिएन बल्लबल्ल जालमा पर्न लागेको माछि उम्काउने कुरै थिएन, तिम्रो प्लान के छ? अन्त कहाँ जाने त? सोध्न भ्याए, त्यो क्याफे पछाडिको पार्कमा बसोैँ हुन्छ? के खोज्छस काना आँखा झन् गजब ,भारी मन पनि फुरुङ्ग भयो।मैले अोके भन्दिए यति खुसी मिल्यो कुरै छाड‍ोैँ यो खुसीमा अफिस पनि हापदिम झैँ लागेको थियो। तर कोठामा बसेर पाँच बजाउन पनि त सजिलो थिएन। त्यसैले बरु अफिस जाने निर्णय गरे पाँच बजाउन कम्तीमा लाखोैँ पटक घडी हेरे होला ।

दिन भरि ज्यान अफिसमा भए पनि तनमन उनी सँगै रह्यो। पोैने हुँदा देखि निस्कन तयार भए ट्वाईलेट जान्थे अाउथे आउन नपाई फेरि जान्थे त्यसै त्यसै हतार भएझै लाग्थ्यो पाँच मिनेट कटाउन पनि सयोैँ पटक घडी हेर्थे रिसिप्सनको दिदीले पनि खुब नियाल्दै थिए। मैले वास्ता गरिन।बल्ल सुई पाँचमा पुग्यो अनि हाकिमलाई भेट्न गए,सर आज अलिक चाडो जानु छ अर्जेन्ट काम छ ।सरले मुन्टोले इसारा गर्दै जाऊ भन्नु भयो।

अफिस सकेर बाहिर आउँदा जेल परेर छुटे झैँ भयो सिधै न्यू केएफसी पछाडिको पार्कमा गए शून्य थियो। केही जोडीहरु अङ्गमाल गरेको रमित हेर्दै बसे,कल डायल गरे कल काटियो मलाई झनक्क रिस उठ्यो,फेरि गरे कल मेरै पछाडि बज्यो, फर्केर हेरे मन्द मुस्कानमा मुस्कुराउदै उनी उभिरहेकी रहिछिन।उही केटाहरुले भन्ने गरेको हर्ट एण्ड सेक्सी गेटअपमा हैन हो कति राम्री फ्याट्टै शब्द खुस्कियो मिठो मुस्कानले स्वागत गरिन्।

एक छिन त बोल्ने शब्द नै भेटिएन अनुहार रातो भयो अो माई गड केही गह्रोै सामानले थिचेझै भयो रिमरिम भयो के बोल्ने बोल्ने सिधै यताकतै बसोैँ न भने मोैन पछि अात्तिएरै शब्द फुट्यो उनी अगि म पछि एक मिनेट हिडेर अलिक एकान्तमा पुग्योैँ ।

एक पटक माथि देखि तल सम्म घुरेरै हेरे उनले मुस्कान मात्र दिईरहिन केही नर्भस उनमा पनि थियो झिमिक्क आँखा नबनाई मज्जाले हेर्न भ्याए उनले मेरो हेराईलाई ध्यान दिएरै होला हलचल गरिनन् अाखाँको राम्रै खुराक पुर्याईदिईन् अच्चमै लाग्यो कति राम्रो केटी हो फ्याट्टै भन्दिए कति क्युट हो मनमा आधी आयो हेर्दै चकित भए ।

स्वर्गकी अप्सरा पनि यति राम्री छैन होला टाईट पाईन्ट अनि रेड टि सर्ट शरीरमा टपक्क कसिएको देख्दा मन त्यसै काउकुत्ती लागेर अाउथ्यो स्लिम शरीर सुकेको कम्मर उठेको छात्ति सिल्कि कपाल गाजलु आँखा नसालु अोठ मनको ढुकढुकीले ढ्याङ्ग्रो जोड सँग बजाउदै थियो।

बिचरा!म एकोहोरो टुलुटुलु हेर्नु बाहेक शब्द फुटेपो! अञ्जानमा हात्त समाउन पुगेछु ।हात्त भुईमा झड्कियो म त्यसै रातो पिरो भए पारो तात्यो कस्तो खालको केटी हो जलन भएर आयो बोल्न मन थिएन तर पनि बोलाए अनि खाँजा खायोैँ ?अगि नै हो हजुरले? रिसकै झोकमा जवाफ दिए ।उम,खाएँ !बिहान के खाएँ त्यो पनि थाहाँ थिएन,अरू त कुरै छाडदिम गफै लगाईदिए निन्द्रा भोक प्यास हटिसकेको थियो।

एक छिन मज्जाले जिस्किन मन थियो पहिलो पटक हात समाउदा नै हात्त झट्काली मोरीले ।अलि पर केटा केटी गिज्जिदै थिए मलाई पनि मन नलागेको हैन च्याप्पा पक्रिन मन थियो तर मरे आँट आए पो केटा केटीले मुख जोड्दै थिए म अात्तिए, उनले हेरिन मज्जा लाग्यो एक छिन भए पनि उत्ता हेर्दा हेर्दै खत्रा किस खाए म ट्वाल्ल परेर हेरिरहे…

उत्ता काम सकिसके यत्ता हात झड्काल्दै बसेकी छे,यस्ता गर्लफ्रेण्ड बनाउनु भन्दा नबनाउनु जाती,ऊ उत्ता हेर न किस खाएको झिमिक्क परेला झिम्कयाउदै भन्न छाडिन। छि,कस्ता छाडा रैछन। उनको यो शब्दले अब चाहिँ मन अमिलो भएर आयो ।के छि हुनु किस त मेरो पनि फेभ हो भन्दै खिस्स हाँसे।

मनमा बडो तनाव सुरु भयो। किस गर्दिम भने चिच्याउने हो कि डर नगरम भरे उनकै ठुलो स्वर सोचे कोसिस त गर्नेै पर्छ आँट केटा मोैकामा किस खाईनस भने त नामर्द हुन्छस बदनाम हुन्छस,छेउमा गए किन चुपचाप हो केही त बोल के सोचीराको छोैँ? केही नाई यति भनेर अलिकति लम्किएको थिई गालाँ मज्जाले बज्यो,कस्तो ज्यानमारा केटी हो हात्तै हाल्छे रेष्टुरेण्टमा काम गर्ने ले कत्रो फुर्ति निकाल्नु परेको मलाई पनि रिस नउठेको हैन सक्दो समालिए, मन मस्तिष्कमा एउटा आवाज मात्र गुन्जिदै थियो,पारो तातेर आउँदै थियो जाऊ घर मलाई बोल्न पनि मन लागेन केही घण्टा बसियो निष्कर्ष विहिन भेट को अर्थ पनि थाहा नपाई गाला बजाएर घर फर्कियोैँ।

घर पुग्दा मुड पुरै अफ थियो सिधै गएर एेना हेरे इस् खाईस यत्रो भाग आफैलाई लोपारे ।अनि फ्रेसहुन बाथरुम पसे एक पटक सबै विर्सन मन लाग्यो उसको आकृतिमा झुम्न मन लाग्यो सबै विर्सिदिए पहिलो पटक स्पर्श गरेको मुलायम हात सा्झिए, गाजलु आँखा फेरि पनि सबै तस्बिर केैद भयो सम्झिए उनलाई आँखा चिम्मा गरे सास पनि काढिन उनको आकृति आफ्नै अगाडी उभियो जोस निकाले ध्यान एकै ठाउँमा केन्द्रित भयो तापक्रमले शरीर पोल्यो झमझम गर्‍यो अनि बिस्तारै सेलाउदै गयो फ्रेस भए अनि बाहिर निस्किए,आफैलाई कमजोर महसुस भयो ।

कल गर्न पनि मनले मानेन् कस्ति खालको केटी होला आखिर किन भेटी, किन रिजेक्ट गरी अनयासमा पिडा महसुस हुँदै थियो।
टिरिङ्ग घण्टी आयो हेरे कल त उसकै थियो पागल केटी रिसले चुर भए,फेरि पनि कल आयो भन् झोकिदै बोले, किन गरेको कल झापड हानेर पुगेन,अाक्रोस पोखे।

सुक्कसुक्क आवाज आयो अरे बाबा! भएको के हो कोठा थर्किने गरी कराए म यहाँ सुरक्षित थिए ।समय मेरै थियो,सरी के को सरी नाटक बढी गर्नुपर्दैन अब,जे भयो भयो।

सुक्क रोकिएन उल्टो आवाज पनि रुन्चे थियो अनि हजुर भेट्न पाको छैन वास्ताविक बुझ्दै नबुझि पक्रन खोज्ने आस थियो तपाईँले धेरै कुरा बाड्नु हुने छ मन जित्नु हुनेछ लागेको थियो एउटै मिसन सफल पार्ने आउनु भएको रहेछ अलिकति फकाउने कोसिस सम्म गर्नु भएन ।

उनी एकोहोरो बोल्दै गईन बल्ल आफ्नो गल्ती फेला पारे सम्झिए,जे भए पनि केटी लाइनमा अाईछे,फेरि हर्षले छात्ति फुल्यो अब कहिले भेट्ने उत्तै बाट प्रस्ताव आयो,अब नाई फेरि अर्को गालाँ पड्काउनु छैन ।एउटा बानी चैँ अति मन पर्‍यो हात नफर्काउने,मैले पनि थपे हात पात गरेको मुद्दा हाल्ने हो कि डर यो पटक बल्ल हाँसो खुस्क्यो जित आफ्नै भएझै महसुस भयो ।

यो पनि पढ्नुहोस् रेस्टुरा कि काली १