कक्षा ११ को आंशिकतर्फको परीक्षाफल प्रकाशित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कक्षा ११ को आंशिकतर्फको परीक्षाफल प्रकाशित



काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा ११ को आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा सकिएको साढे ४ महिनापछि बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।

बोर्डका अनुसार ३५.५८ प्रतिशत उत्तीर्ण भएका छन् । कुल १ लाख १ हजार ३ सय ७५ परीक्षार्थी सहभागी भएका थिए । भने ३६ हजार ७४ जना उत्तीर्ण भएका छन् । त्यस्तै २१ जनाको परीक्षा रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार नियमिततर्फको परीक्षाफल भने निर्वाचन पछाडि मात्रै प्रकाशित हुनेछ । परीक्षा गत असारमा सञ्चालन भएको थियो । बैशाखमा परीक्षा हुने भए पनि निर्वाचनका कारणले परीक्षा पटक–पटक सरेको थियो । निर्वाचनको असर नतिजा प्रकाशनमा समेत देखिएको छ ।

कक्षा ११ को परीक्षाफल सार्वजनिक नहुँदा कक्षा १२ उत्तीर्ण गरे स्नातक तहमा भर्ना हुने विद्यार्थीहरु मर्कामा परेका छन् ।

प्रकाशित नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ५ सय रूपैयाँ बुझाएर १५ दिनभित्र अावेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ ।