भात खानुका प्रशस्तै फाइदा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भात खानुका प्रशस्तै फाइदा



अधिकांश नेपालीको मुख्य खाना भनेको चामलको भात नै हो । शहर बजारमा बस्ने वा शारीरिक परिश्रमको श्रम कम भएका मानिसहरु मोटो भइन्छ भन्ने डरले भात खान डराउँछन् । मोटो भइने डरले भात खानबाट आफूले आफैलाई बञ्चित गराइरहेका हुन्छन् । वास्तवमा भात खानुका प्रशस्तै फाइदाहरु पनि छन् ।

–चामलको भात खनिज र भिटामिनको भण्डार नै हो । भिटामिन डी, क्याल्सियम, फाइवर, आइरन लगायतका तत्व प्रचुर मात्रामा पाइन्छ ।

–चामलमा अति उत्तम किसिमको कार्वोहाइड्रेट पाइने भएकाले भातले शरीरमा आवश्यक उर्जा दिन्छ ।

–कार्वोहाइड्रेटबाट प्राप्त उर्जाबाट नै मस्तिष्कले हाम्रो शरीर सञ्चान प्रक्रिया गर्न सक्दछ ।

–चामलको भातमा हानिकारक कार्वोहाइड्रेट र सोडियम पाइँदैन।

–भातमा सोडियमको मात्रा ज्यादै कम हुने भएकाले भातले उच्च रक्तचाप भएका बिरामीका लागि हानी गर्दैन ।

–भातको माडले हाम्रो शरीरको छालाका लागि फाइदाजनक भूमिका खेलेकाे हुन्छ। यसले मानिसलाई बुढ्यौली देखिनबाट बचाउँछ ।

–थोरै गिलो गरी पकाएको भात खाँदा पाचन प्रणलीलाई बढी तापक्रम हुनबाट बचाउँछ ।

(याे सामान्य जानकारी मात्र हाे, चिकित्सकसँगकाे परामर्शमा आफ्नाे खानपान तरिकालाई व्यवस्थित गर्न सकिन्छ)