बैकबाट ऋण लिएर ऋणी होइन समृद्धि बन्नु पर्छ : गभर्नर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बैकबाट ऋण लिएर ऋणी होइन समृद्धि बन्नु पर्छ : गभर्नर



हिमाल पोस्ट/बुटवल ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैकबाट ऋण लिएर ऋणी होइन समृद्धि बन्नु पर्ने प्रष्ट्राए ।

बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्न कार्यक्रममा सहभागी सर्वसाधारणलाई आह्वान गर्दै विदेशमा नोक्कर हुन जाने रहर गर्ने होइन, अव स्वदेश मै मालिक बन्न रहर गर्न आम नेपालीलाइ अनुरोध गरे ।वित्तीय जागरण राष्ट्रिय अभियान बुद्धको जन्मस्थल लुम्बिनीको रुद्रपुर गाउँबाट थालनी गरिएकोछ ।

मिडिया इन्टरनेशनलको आयोजनामा शुरु गरिएको अभियान नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उद्घाटन गरेका थिए ।यस अघि हजारौ गाउले जनसमुदाय बाजागाजा सहितको र्यालीले वित्तीय सचेतनाका प्लेकार्ड सहित गाउँ परिक्रमा गरेको थियो ।

ग्रामिण क्षेत्रमा वित्तीय जागरण ल्याउने उद्धेश्यले रुद्रपुर गा.वि.स बाट अभियान शुरु गरिएको आयेजकले बताएका छन। रुद्रपुर स्थित ज्ञान निकेतन उच्च माविमा उद्घाटन गरिएको कार्यक्रममा बोल्दै गर्भनर नेपालले वित्तीय जागरण राष्ट्रिय अभियानले आममानिसहरु समक्ष बैंक तथा बित्तिय सस्थाहरुको पहुँचमा पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

बैंकर्स संघका उपाध्यक्ष समेत रहेका मेघा बैकका प्रमुख कार्यकारी अधिकुत अनिल केशरी शाहले बैंक तथा वित्तीय सस्था अर्थतन्त्रको मुटु भएकाले गाउँ देखि शहर सम्मका सबै मानिसहरु बैक तथा बित्तिय सस्थामा जोडिएर कारेबार गरे मात्र देशले समृद्धि हासिल गर्ने सक्ने बताए ।

विकास बैंकर्स संघका उपाध्यक्ष समेत रहेका साइन रेसुगां डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले देशमा राजनैतिक परिवर्तन भएपनि त्यसले जनताको पेट भर्न नसकेको हुदा जनताको पेट भर्न आर्थिक परिवर्तन नै हुनुपर्ने औल्याउदै गाउगाउमा बैकं तथा बित्तिय सस्थाको माध्यमबाट जनतामा आर्थिक परिवर्तन ल्याउन आफुहरुले दुर्गम गाउँबस्तीमा पनि बैकहरुको शाखासन्जाल विस्तार गरेकोले जानकारी दिदै आमसर्बसाधारणले ढुक्क भएर बैकिङ्ग सुबिधा लिन आग्रह गरे ।

नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवति प्रसाद नेपालले बैकको राम्रो उपयोगले समृद्ध हासिल गर्न गाह्रो नपर्ने हुदा बचत पैसा बैंकमा राख्ने र उद्यम गर्न बैंकबाट ऋण लिइ त्यसको सहि सदुपयोग गरी उन्नती हासिल गर्न सकिने हुदा सबैले बैंकबाट कारोवार गर्नुपर्ने बताए ।

अष्ट्रिच नेपालका अध्यक्ष सिपी शर्माले आफ्नो अष्ट्रीच ब्यावसाय सफल हुनुका पछाडी बैंक बित्तिय सस्थाको ठुलो सहयोग रहेपनि कुल गाहस्थ उत्पानमा एक तिहाइ ओगटेको कृर्षि क्षेत्रमा अझै प्रयाप्त लगानी नभएको एवम् कृर्षकले सहज र सरल तौरतरिकाले कर्जा नपाएकोले त्यतातिर ध्यान दिन राष्ट्र बैंक एवम् अन्य सम्मुर्ण बैंक तथा बित्तिय सस्थाको ध्यानाकर्षण गरेका थिए ।

नेपाल ग्रामिण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवत कार्कीले खासगरी गा्रमिण भेगमा बैंक तथा वित्तिय संस्था सम्बन्धी प्रयाप्त ज्ञान नहुदा बैंकमा बचत गर्ने र आवश्यक पर्दा ऋण लिने बानि नभएकोले यो अभियानले ग्रामिण जनता र बैंक बिच सम्बन्ध गास्न सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रमामा रुद्रपुरकी स्थानी बासिन्दा उमा ढकालले आफुले २ बर्ष अगाडि बैंकबाट रु ४० हजार कर्जा लिएर फर्निचर ब्यवसाय गरी अहिले २० लाख रुपया पुँजी बनाउन सफल भएको बताउदै आफुले जस्तै अरुले पनि स्वदेश मै कही उद्धम गर्न आग्रह गरेकी थिइन ।

भण्डै ५ हजार जना सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा रुपन्देही बिभिन्न बैंक तथा बित्तिय सस्थाले बित्तिय सचेतना सम्बन्धी स्टल राखेका थिए ।

अभियान आयोजक सस्था मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले २००७ साल देखि हाल सम्म राजनैतिक परिवर्तन देखिए पनि आधारभुत रुपमा जनताको पहुचमा आर्थिक परिवर्तन नभएकोले बित्तिय साक्षरताको अभियानबाट गाउगाउका जनतालाई बैंकसग जोडदै आर्थिक समद्धिीको यात्रामा अगाडी बढ्न बित्तिय साक्षरता अभियान अगाडि बढाइएको जानकारी दिए ।

अभियानलाइ नेपाल राष्ट्र बैकले प्रबद्धन गरेको छ भने नेपाल बैंकर्संघ, विकास बैंकर्स संघ र नेपाल लघुवित्त विकास बैंकर्स संघले समन्वय गरेका छन् तथा बैकिङ्ग पार्टनरको रुपमा प्रभु बैंक र साइन रेसुगां डेभलपमेन्ट बैंक रहेका छन । मिडिया पार्टनरको रुपममा बैकिङ्ग खबर रहेको छ ।