ऋण ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ऋण !



  • दीपक घिमिरे

भर्खरै ब्याएको दुहुनो भैंसी रने साहुले डो¥याउदै लग्न थालेसी पेमाले रुदै भनी “ आउदो मैनाको अन्त्य सम्म उताटँ पैसा आउँच अनि जसरी भएनी ऋण चुक्ता गर्छु साउँ ! अहिले यो भैंसी नलैदिनुस , बिन्ती छ । ”

रने साहुले पेमाको बिन्ती मान्ने मुडमा थिएन । उसले पेमालाई लोप्पा खुवाउदै भन्यो “ इस् तिर्छेस मैनाको अन्त्य सम्ममा । तेरो लोग्ने ग्वातेले अर्कि स्यारेर उतै कालापार बस्ने , अनि तैले चैँ कसरी तिर्छेस यत्रो दस हजार रुप्पे ? ”

पेमाले रुदै रने साहु सँग बिन्ती चढाउन छाडिन , भैंसी चैँ पाडीको पछि लागेर रने साहुकै बाटो लाग्यो ।

घरमा पेमाकी एक्लि छोरी सुनिती रुन थाली । पेमा कहिले रने साहुको हात बाट दाम्लो खोसेर भैंसी डो¥याउन खोज्छे त कहिले सुनितीलाई फुल्याउन ।

“ तेरो नाठो हो कि पोइ हो त्यो ग्वाते , त्यस्ले पैसा पैसा पठाईदेसी मेरो ऋण खुरुक्क तिर्ने अनि आफ्नो भैंसी खुरुक्क लैजाने । ” पेमा सँग कराउदै रने साहुले भैंसी खमारी सोता सम्म र्पुयाई हाले ।

रने साहुको बचनले पेमालाई निक्कै पोल्यो । उ आक्रोशित त भई तर बोल्न सकिन ।

पोहोर साल ग्वातेलाई कालापार सम्म जाने भाडाको व्यवस्था गर्न रनेसाहु सँग सयकडा तिनका दरले ऋण काडेकी पेमा अहिले न ऋण आफै तिर्न सक्छे न त कालापार पुगेको ग्वातेले पैसा पठाउछ । म¥यो या जिउदै छ सम्म पत्ता लाग्न सकेको छैन ग्वातेको अवस्था ।

सिम्लामा स्याउ बोक्ने अनि बाटो खन्ने काम गरेर राम्रै दाम कमाएको हल्ला गाउँ भरी फैलिन्छ तर पैसा आज सम्म एक सुको पठाएको छैन ।

एक दिन ग्वाते सँगै सिम्लामा स्याउ बोक्ने काम गरेर घर फर्केको टुल्केले गाउभरी हल्ला फिजाईदियो कि ग्वातेले उतै अर्को बिहे ग¥यो ।

पेमा तनावमा परि , उ यो सब सुन्न सक्ने अवस्थामा थिइन तर पनि टुल्केको घर सम्म पुगेर सोधी “ हाम्रा घरकाले उतै घरजम ग¥या कुरा साँच्चै हो र टुल्के बाबु ? ”

टुल्के एकैछिन टोलाउदै बस्यो , सायद सोचे होला ‘ भनम कि नभनम ’ भनेर ।

अनि पेमाको अनुहारमै नहेरी भन्यो “ सुर्खेतबाट गएर हामी सँगै स्याउको भारी बोक्ने सुन्तलीलाई ब्या गरेको छ ग्वातेले । बिहे भनेर सिन्दुरै हाल्या त होइन तर सुख दुख साटासाट गर्चन उनीहरू । सायद आउँदा लिएर आउँछ यतै । ”

पेमा आँखा बाट बरल्ती आँसु झार्दै रोई तर उसको रुवाई टुल्केले सुनेर के गरोस । उ रुदै घर फर्की , छोरीलाई मुसारी , म्वाई खाई अनि अरू धेरै बेर रोई ।

त्यही दिन देखि रने साहु ऋण उठाउन पेमाको घरमा धाउन थाल्यो । कहिले कुन उपाय त कहिले कुन उपाय लगाउदै यतिका दिन सम्म त रने साहु बाट छुटकारा पाई तर आजकै दिन रनेले भैंसी डो¥याईदियो ।

आज पेमा ग्वातेले छाडेको दिन भन्दा धेरै दुखी छे ।

साँच्चै पेमाको लागि ग्वाते भन्दा कम महत्वको थिएन त्यो भैंसी । ग्वातेले जीवनभर साथ दिने कसम खादै आगो लाई साक्षी राखेर ल्याएको थियो पेमालाई । तर आज आधी बाटोमै पेमा एक्ली भई ।

त्यो बेला ग्वाते बेसहारा थियो , सहारा बन्न पेमा आँखा चिम्म गरेर आएकी हो । सानैमा बा आमा बितेपनी एउटा हिम्मती छोरो सम्झेर पेमाले अन्धो माया गरी ग्वातेलाई । ग्वाते सँगको मायालाई जीवन्त रूप दिन बा आमा सँग आफै सल्लाह गरेर बिहे गरी । बिहे गरेको पहिलो वर्षमै छोरी जन्मी ।

संसारभरिको खुसी परिवारमा ग्वाते र पेमाको परिवार जोडियो । कति मिठा थिए ती दिनहरू सायद ।

जब आर्थिक अवस्था सुधार्न ग्वाते कालापार जाने निर्णय लियो तब पेमा रुन थाली । धेरै दिन ग्वातेकै काखमा बसेर भन्थी “ बरु एक छाक खाउला तर नजाउ , एक्लै बस्न सक्दिन । ”

आखिर ग्वातेले जाने निर्णय गरेरै छाड्यो । जानका लागी पेमाले दुई हात पसारेर ऋण खोजी रने साहु बाट । त्यही ऋणको बलमा ग्वातेले कमाउन थाल्यो ।

जब कमाई घरमा आउँछ भनेर पेमाले दिन गन्न थाली अनि नराम्रा खबरले पेमाको कान भरिन थाल्यो । एक दिन साच्चिकै ग्वाते पराई स्त्रीको मर्द बनेर उतै लुक्यो । यता पेमाका दुखका दिन सुरु भए । आज दूध बेचेर घर चलाउने भैसी ग्वातेकै कारण गयो ।

रने साहुले भैंसी लगेपछी पेमा घरमा आएर धेरै बेर रोई । एउटा ऋण तिर्न अरू ऋण खोज्ने हैसियत पेमाको थिएन । पेमाले एक छिन ग्वातेलाई सरापी , एक छिन छोरीलाई मुसारी । उ कहिले डाको छाडेर रोई त कहिले सुक्क सुक्क गर्दै हिक्का छाडेर रोई ।

घर खर्च चलाउने एउटा उपाए भनेकै यही भैंसी थियो । हजार सपनाहरू पूरा गर्ने बाटो यही भैंसी थियो । यही ब्याउला अनि यसैको दूध बेचेर आफ्ना अनि छोरीका सपना पूरा गरुला अनि रने साहुको ऋण चुक्ता गरुला भन्ने कति मिठा सपना थिए पेमाका । तर भैसि ब्याएर राम्रो सँग दुहुन नपाउदै भैंसी रने साहुले डो¥याईदिए । उ नरोएर को रुन्छ त यस्तो दुखमा ।

उ ग्वातेलाई फकाउन चाहन्थी , उसलाई फेरि आफ्नो मात्र बनाउन चाहन्थी तर सबै असम्भव जस्तै थिए । किनभने ग्वाते उ सँग थिएन । उ एक्लि थिई , एक्लै बर्बराउथी अनि एक्लै रुन्थी ।

ऋण तिरेर भैंसी फिर्ता ल्याउन अरू कुनै उपाए थिएन । गाउँभरीका नामी रने साहुले नपत्याउने भनेसी अरूले पेमालाई लगानी गर्ने कुरै थिएन । उ आफू सँग भएका हरेक बस्तु बेचेर भएनी भैंसी फिर्ता ल्याउन चाहन्थी तर उ सँग बेच्नको लागि केही बाकी थिएन । झुपडी घर अनि पुराना थोत्रा भाडा बाहेक ।

उ भैंसी गुमाएको रात निदाउनै सकिन । बिहान दूध बेचेर घर खर्च जुटाउने अवस्था भएकी पेमाले भोलि के गरेर खर्च जुटाउने पिरलोले निदाउनै सकिन ।

उ रातभर आँखा रसिला बनाउँदै बसी । छोरीलाई पीडा सुनाउने कुरै भएन , पीडा सुनिदिने ग्वाते अरू कसैको अँगालोमा मस्तले निदाएको समयमा पेमा एक्लै रुदै बसी ।

बिहान उठेर भगवानलाई सम्झिदै हात जोडदै पूर्व तर्फ फर्केर सूर्यलाई नमस्कार गरी , अनि छोरी सुतेको कोठामा गएर बसी । न पकाउनका लागि अन्न थियो , न त कुनै काम । भैंसी थियो र पो बिहानी देखि बिजि हुन्थी पेमा ।

उ आज एकदमै फुर्र्स्दिली भई तर बेचैन वाला । उसको मनमा चैन थिएन । कहिले भित्र गर्थी त कहिले बाहिर । उ ग्वातेको फोटो दराजबाट निकालेर सयौ पटक हेरी । तर एक पटक पनि चुमिन ।

ग्वातेको हर्कत थाहा नहुदा सम्म उ हरेक दिन सयौ पटक फोटोमा चुम्दै भन्थी “ चाडै आऊ प्यारो मान्छे ! ”

ग्वातेको हर्कत थाहा पाएपछी उसले ग्वातेको फोटामा थुक्न पनि सक्दैने अनि चुम्न पनि सक्दैने । कुनै दिन ग्वातेको मन फर्कने अनि आफ्नै अँगालो मा आउने आशामा उ पर्खदै छे अहिले सम्म । त्यो दिन नमरुन्जेल कुर्छे सायद ।

सोच्दा दश बज्यो , उ छटपटिदै सोच्न छाडेकी छैने । उसको मनमा एउटा जुक्ती पलायो ! रने साहुको घरमै गएर बिन्ती बिसाउने । रने साहुले नमानेपनी रनेकी श्रीमती ले मान्लिन भन्ने आशा पेमा लाई भयो ।

गाउँ भरी रने साहु जतिसुकै खुंखार सामन्ती भए पनि उसकी बुढी ज्यादै दयालुमा गनिन्थिन । यो कुरा पेमालाई राम्रो सँग थाहा थियो । उ घरमै गएर बिन्ती चढाउने अन्तिम निर्णयमा पुगी ।

एघार बज्नै लाग्दा उ रनेसाहुको घर तर्फ लागि , छोरी छिमेकमा छाडेर । मनमा यस्तो भनेर पीडा देखाउछु अनि उस्तो भनेर रनेसाहुको मन पगाल्छु भन्ने कल्पना गर्दै उ रने साहुको घर सम्म पुगी ।

घरको आगनमै रहेको ठुलो अशोकको बुटा मुनि खटिया बिच्छाएर रने साहु सुत्या थिए । घरका सबै ढोका बन्द देख्दा लाग्थ्यो घरमा कोही छैनन् ।

पेमा रनेसाहु बसेको नजिकै गएर भनी “ नमस्ते साउँ ! ”

रने साहुले मुन्टो मात्र उठाएर पेमा तर्फ हेर्दै भन्यो “ नमस्ते ! किन आकी यहाँ ? ”

रनेले यति प्रश्न गरेर पेमाको शरीर नियाल्यो ।

पच्चिसौ वसन्त पार नगरेकी पेमा भर्खर फक्रन लागेकी फुल जस्ती थिई । रने साहु बुढो भए पनि झन् सुरो देखाउन जुङ्गामा ताउ लगाउदै बोल्ने आफ्नै पारा थियो ।

पेमाको शरीर देखेर रनेसाहु लोभिएको प्रस्टै थाहा हुन्थ्यो । उ जुरुक्क उठन खोज्दै थियो , पेमा अशोकको बुटामा अडेस लागेर बसी । अनि भनी “ हजुर समक्ष बिन्ती चढाउन आको हु । ”

रने साहुले पेमाका बक्षस्थल अनि नाईटो तिर घोरिएर हे¥यो । पेमा बोल्दै गै , रनेले पेमाको कुरामा वास्तै गरेन मात्र पेमाको शरीर सँग खेल्ने जुक्ती सोचेर बसिरह्यो ।

कुर्था मिलाउदै चुन्नीले छाती ढाकेर पेमाले भनी “ हजुरले मेरो कुरा सुन्नु भो कि नाई ? ”

रने झस्कियो अनि सुस्केरा हाल्दै भन्यो “ साझ तिर घरका मान्छे आएसी म तेरो घर आउछु । उतै सल्लाह गरम्ला । ”

रने साहुको कुरामा डर लुकेको थियो तर पिडामा भएकी सोझी पेमाले कुरै बुझिन अनि भनी “ जसरी भएनी आउनु है ! म पर्खेर बस्छु । ”

रने साहु ले जुङ्गामा ताउ लगाउदै भने “ तैले बोलाउने अनि म नआउने कहिले हुन्छ त लाटी ! अवश्य आउछु । ”

यति सुनेर पेमा मख्ख परि अनि हतारीदै घर तिर लागि ।

क्रमशः