४ बर्षमा आधा कामपनि भएन : कोटेश्वर-कलंकी सडकको बिचल्ली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

४ बर्षमा आधा कामपनि भएन : कोटेश्वर-कलंकी सडकको बिचल्ली



असोज २६, काठमाडौं-

कोटेश्वर-कलंकी सडक खण्ड सुधार गर्ने काम थालेको ४ बर्षभन्दा बढी भइसकेको छ ।

कामले गति लिन नसक्दा चार बर्ष बित्दा बल्ल आधा काम सकिएको काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर निरञ्जन शर्माले देशमा भएको प्रमुख घटना भूकम्प, नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको बताए ।

आयोजनाले काम सम्पन्न गर्न तोकेको म्याद सकिन अब ९ महिनामात्रै बाँकी छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण सुरु गरेको निर्माण पक्षले विविध कारणवस काम गर्न नसकेपछि सन् २०१८ जुलाई ३१ भित्र काम सम्पन्न गर्न आयोजनालाई म्याद थप गरेको थियो ।