‘राइज योर भ्वाइस’को पहिलो अडिशन ,४४ जना छनौट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

‘राइज योर भ्वाइस’को पहिलो अडिशन ,४४ जना छनौट



भदौ २४,बुटवल । गायनमा रुचि र क्षमता भएका  यस क्षेत्रका नयाँ प्रतिभाहरुलाई लक्षित गरी आयोजना हुन लागेको गायन प्रतियोगिता ‘राइज योर भ्वाइस’को पहिलो अडिशन सम्पन्न भएको छ ।

सगरमाथा डान्स सेन्टर बुटवलको आयोजनामा हुन गइरहेको प्रतियोगिताको पहिलो चरणको अडिशनमा ५५ जनाको सहभागिता रहेको थियो । उक्त अडिशनबाट ४४ जना छनौट भएको सेन्टरका प्रबन्ध निर्देशक मुकेश गुरुङले जानकारी दिए । बागेश्वरी संगितालयको हलमा सम्पन्न पहिलो अडिशनमा किशोर विश्वकर्मा र गायक प्रेम नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी दोस्रो चरणको अडिशन विजयादशमीपछि हुने गुरुङले जानकारी गराए ।   विजेताले  उपाधिसँगै मोटरसाइकल (पुरुष भए ) वा स्कुटी  (महिला भए ), म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर र विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने सेन्टरकी सञ्चालक दुर्गा रानाले बताइन्  ।

जुनसुकै वर्ग र उमेर समुहका प्रतिभाले सहभागिता जनाउन सक्ने प्रतियोगिता ६ चरणमा सम्पन्न हुने चर्चित कोरियोग्राफर समेत रहेका मुकेश गुरुङले जानकारी गराए ।

त्यसैगरी क्र्वाटर फाइनलको प्रतियोगिताबाट फाइनलसम्म ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको निर्णय अनुसार प्रतियोगिता सम्पन्न हुने आयोजक दुर्गा रानाले बताइन् ।