हिन्दु राष्ट्रको बारेमा यसरी उर्ले धनगडीमा ऋषि धमाला - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

हिन्दु राष्ट्रको बारेमा यसरी उर्ले धनगडीमा ऋषि धमाला



हिमाल पोष्ट /धनगढी,८  मंसिर

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मधेशी मोर्चा लगायत असन्तुष्टहरुको माग सम्बोधन गर्न संविधान संशोधन अनिवार्य रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा हिन्दूराष्ट्र पूर्नस्थापनाको बारेमा पनि कुरा राख्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मंगलबार धनगडीमा उर्लेका थिए ।15203193_201467003633792_8686858723969375941_n

मंगलबार कैलालीको धनगढीमा नेपाल हिन्दूराष्ट्र पूर्नस्थापना मञ्चले आयोजना गरेको धर्मसभालाई सम्बोधन गर्दै पत्रकार धमलाले मुलुकका अधिकांश जनताहरुको हिन्दुराष्ट्रको पक्षमा आवाज उठिरहेको कुरालाई शीर्ष नेताहरुलेपनि गम्भिर रुपमा लिनुपर्ने बताएका हुन ।

उनले मिडियामार्फत हिन्दुराष्ट्रको पक्षमा रहेको जनताको आवाजलाई शीर्ष नेताको तहसम्म पुर्याउन आफूले सक्दो सशक्त भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा भारतको बनारसबाट आएका नरेन्द्रनन्द सरस्वती शंकाराचार्यले भारतले नेपालमा कहिल्यैपनि राजसंस्थाको कुरा नगरेको बरु हिन्दूराष्ट्रको कुरा गरेको बताए । उनले अघि थपे,“धर्मलाई राजसंस्थासँग जोड्नुहुँदैन ।”

नेपालमा ८४ प्रतिशत हिन्दुहरु भएकोले हिन्दूराष्ट्र हुनुपर्छ भन्ने आफुहरुको चाहना रहेकोे शंकराचार्यले बताए ।15179020_201466996967126_3382877046195365384_n

मञ्चका अध्यक्ष विष्णु बरालको सभापतित्वमा आयोजित कार्यक्रममा विश्वहिन्दू महासंघका राष्ट्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।

रिपोर्टस क्लबबाट साभार