रित गौतम नेपाली यू–१९ को कप्तान: यस्तो बन्यो टोली - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रित गौतम नेपाली यू–१९ को कप्तान: यस्तो बन्यो टोली



काठमाडौं । भारतको हैदराबादमा हुन लागेको यूू–१९ च्यालेन्जर सिरिजका लागि नेपाली यू–१९ ‘ए’ क्रिकेट टोली घोषणा भएको छ ।

कात्तिक २५ गतेबाट सूरु हुने यूू–१९ च्यालेन्जर सिरिजका लागि रित गौतमको कप्तानीमा यू–१९ ए क्रिकेट टोली घोषणा भएको हो । राखेपका मुख्य प्रशिक्षक जगत टमाटा, प्रशिक्षक विनोद दास र राजु खड्का आबद्ध छनोट समितिले टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान रितसँगै लोकेश बहादुर बम, तिर्थ राज दास, बिशाल बिक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुन ऐरी, कुशल मल्ल, बिबेक कुमार यादब, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिश जिसी र गौतम केसी छन् ।

वैकल्पिक खेलाडीमा दिपक बोहरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह र सोनु देबकोटा छन् ।