बालुवाटार जग्गा काण्ड: नेपाल र भट्टराईविरुद्धको रिट सर्वोच्चद्वारा खारेज - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बालुवाटार जग्गा काण्ड: नेपाल र भट्टराईविरुद्धको रिट सर्वोच्चद्वारा खारेज



काठमाडौं- पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा गायर गरिएको रिट खारेज भएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन भन्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

अधिवक्ता बालकृष्ण नेउपानेले २९ माघ ०७६ मा सर्वोच्चमा गरेको रिटमा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले रिट दाबी नपुग्ने भन्दै खारेज गरिदिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराई नीतिगत निर्णयमा मात्र सामेल भएको भन्दै दुवैलाई मुद्दा नचलाएर छुटकारा दिएको थियो । नेउपानेले २९ माघ ०७६ मा सर्वोच्चमा रिट दायर गरेलगत्तै २ फागुन ०७६ मा यो मुद्दालाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अग्राधिकार दिएको थियो ।

आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलले गत २ फागुनमा प्रमाण बुझ्ने आदेश दिएको थियो । नेकपा एमालेभित्रको विवाद उत्कर्षतिर पुगिरहेको बेला सर्वोच्च अदालतले नेपालविरुद्धको मुद्दा खोतलेको भन्दै यसले राजनीतिक सन्देश दिएकाले बाहिरसमेत महत्त्वका साथ हेरिएको थियो ।