अब मतदाताले ‘राइट टु रिजेक्ट’ पनि गर्न पाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अब मतदाताले ‘राइट टु रिजेक्ट’ पनि गर्न पाउने



हिमाल पोष्ट / २८ चैत, काठमाडौं । निर्वाचन आयोगले घुमाउरो बाटोबाट स्थानीय तहको निार्वचनमा मतदातालाई ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्न) को अधिकार प्रदान गरिदिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनमा राइट टु रिजेक्टको व्यवस्था गर्न असफल भएपछि निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिकामार्फत घुमाउरो भाषामा मत दिन्नँ भन्ने अधिकारसहितको व्यवस्था ल्याएको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानुनको मस्यौदामा मत अस्वीकारको प्रस्ताव गरे पनि दलहरुबीचको असहमतिले कार्यान्वयनमा आउन नसकेपछि आयोगले निर्देशिकाको साहरामा यस्तो व्यवस्था अघि सारेको छ । तर, आयोगले गरेको यो व्यवस्थाको वैधानिक हैसियत भने प्रष्ट छैन । आजको राजधानी दैनिकमा खबर छ ।