स्थानीय तहको रोचक परिणाम : एमाले र माओवादीको जोड्दा पनि कांग्रेसको जति पुगेन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्थानीय तहको रोचक परिणाम : एमाले र माओवादीको जोड्दा पनि कांग्रेसको जति पुगेन



काठमाडौं- स्थानीय तहको निर्वाचनको परिणाम रोचक बनेको छ । यो आमाचार तयार पार्दासम्म नेपाली कांग्रेस एक्लैले तीन सय आठ स्थानीय तहको नेतृत्व जितेको छ ।

देशभरका प्रमुख र अध्यक्ष गरी कांग्रेसले तीन सय आठ पालिकाको नेतृत्व जितेको हो । कांग्रेसले यो नतिजा हातपार्दा नेकपा एमाले र माओवादी भने निकै पछाडी परेका छन् ।

दोस्रो स्थानमा रहेको एमाले र तेस्रो स्थानमा रहेको माओवादीले पनि तीन सय सात पालिकाको नेतृत्व जितेका छन् । एमालेले १८८ र माओवादीले ११९ गरी तीन सय सात पालिकाको नेतृत्व जितेका हुन् । जुन कांग्रेसको भ्न्न्दा कम हो ।

यी तीन दलबाहेक अन्यले २७, जनता समाजवादी पार्टीले २५, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिकाको नेतृत्व जितेको हो ।

२०७४ सालको निर्वाचनमा एमालेले २९४, कांग्रेसले २६६ र माओवादीले १०६ तह जितेका थिए । यसपटक कांग्रेसले पहिले जितेकोभन्दा निकै धेरै पालिका थप जितेको छ । अझै गणनामा १९ ठाउँमा अगाडि पनि छ ।

तर एमालेले पहिलेकोभन्दा निकै कम तह कम जितेको छ । अग्रता लिएको मध्ये १२ मात्रै जित्यो भने पनि एमालेले बल्ल २०० पालिका पुर्याउनेछ । जुन अघिल्लाेपटककाे भन्दा एकसय हाराहारले नै कम हाे ।

माओवादीले पहिले १०६ तह जितेकोमा यसपटक राम्रो प्रगती गरेको देखिएको छ ।