सर्जक सन्तोष बानियाँले ल्याए “ रोग” (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सर्जक सन्तोष बानियाँले ल्याए “ रोग” (भिडियो सहित)



 समीर प्रकाश पाण्डे

ब्लड क्यान्सर लागेकी एक प्रेमिका र प्रेमी बिचको सत्य घटनालाई आधार बनाएर प्रस्तुत गरिएको निकै मर्मस्पर्शी लोक दोहोरी गीत“ रोग ” हालै मात्र सार्वजनिक भएको छ ।

सार्वजनिक गीत एक प्रेमिका बिचको सत्य प्रणय कथा हो ब्लड क्यान्सर लागेकी आफ्नी प्रेमिकालाइ गुमाउनुको पिडा र प्रेम प्रेमिका बिचको माया स्पष्ट रूपमा गीतमा प्रस्तुत गरिएको छ लोकप्रिय एवं चर्चित सुमधुर स्वरका धनी गायक राजु परियार र देवी घर्तिको आवाजमा सजिएको यो गीत चर्चित सर्जक निर्देशक एवं गायक सन्तोष बानियाले लेखेका हुन भने सङ्गीत पनि सन्तोष बानियाले नै भरेका छन् !

यस्तै गीतको भिडियोमा सुमन मगर, कोपिला मगर र राज के.सीको उत्कृष्ट अभिनय देख्न सकिन्छ मलेसियामा सुटिङ गरिएको गीतको भिडियोलाई सुजन न्यौपानेको छायाङ्कनमा सुजन शाहीले सम्पादन गरेका छन् ! मलेसियामा रहेर पनि लोक सङ्गीत क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएका सर्जक सन्तोष बानियाकै निर्देशनमा तयार पारिएको गीतमा Dknepal र हिमाल पोस्ट मिडिया पार्टनरको रूपमा रहेका छन् ।

यो भन्दा अघिल्लो सत्य घटनामा आधारित गीत “टुहोरो” ले जति सफलता पायो यसले पाउला त भने हाम्रो प्रश्नमा सन्तोष बानिया भन्छन् “आशा छ टुहुरोले भन्दा यो गीतले धेरैको मन जित्ने छ आफ्नै च्यानलबाट बजारमा ल्याएको छु सबैले माया गरेर यसलाई पनि हेरिदिनुहोला सेयर गरिदिनुहोला भन्न चाहन्छु” । हाम्रो तर्फबाट  सफलताको शुभकामना ।