कोहलीलाई हटाएर रोहित शर्मा कप्तान बनाउन माग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कोहलीलाई हटाएर रोहित शर्मा कप्तान बनाउन माग



एजेन्सी : क्रिकेटरबाट सांसद बनेका गौतम गम्भीर रोहित शर्मालाई भारतीय टी २० टोलीको कप्तान बनाउन अपिल गरेका छन्।

पूर्व भारतीय व्याट्सम्यान गम्भीरले रोहितलाई कप्तानी नदिए भारतका लागि ‘शर्मनाक’ हुने बताएका हुन्।

रोहितको नेतृत्वमा मुम्बई ईन्डियन्सले मंगलबार पाँचौं इन्डियन प्रिमियर लिगको उपाधि जित्यो। फाइनलमा अर्ध शतक बनाउनुका साथै उनले आफ्नो चलाख कप्तानीबाट पनि प्रभावित पारेको गम्भीर भनाई छ।

हाल उनी सीमित ओभर ढाँचामा भारतका उप-कप्तान हुन्। ‘यदि रोहित शर्मा भारतीय कप्तान नहुने हो भने यो हाम्रो हार हो, रोहितको होइन’, ईएसपी एनक्रिकइन्फोको ‘टी २० टाइम आउट’ कार्यक्रममा गम्भीरले भनेका छन्, ‘हो, शर्माको कप्तानी पनि उनको टोली जत्तिकै राम्रो छ।’

गम्भीर महेन्द्र सिंह धोनी टीमले दुई विश्व कप र तीन आइपीएल शीर्षक जितेकोले धोनी सफल कप्तान रहेको भन्दै गम्भीरले धोनीसँग शर्माको तुलना गरे।

गम्भीर भने, ‘रोहितले ५ वटा आईपीएल उपाधि जितेका छन, उनी टूर्नामेन्टको इतिहासमा सबैभन्दा सफल कप्तान हुन्।’

भविष्यमा शर्माले भारतको सीमित ओभर वा टी २० टिमको कप्तानी नपाएमा शर्मको स्थिती हुने उनले बताए। गम्भीरले भने, ‘किनभने उनी यो भन्दा बढि केही गर्न सक्दैनन्।उनले केवल कप्तानको रूपमा काम गरिरहेका टिमहरूलाई मात्र मद्दत गर्न सक्छ। यदि उनी सीमित ओभर ढाँचामा भारतको नियमित कप्तान नहुनु भनेको (भारत) हार हुनेछ।’

विराट कोहलीलाई आईपीएलको उपाधि जित्न असफल भएकोमा कोहलीले जवाफ दिनुपर्ने उनले बताएका छन्। गम्भीर कोहलीको कप्तानी खराब नरहे पनि कप्तानीबारे सोच्न केवल सुझाव दिएको बताए।

‘उनले कप्तानी बाँडफाँड गर्ने बारेमा सोच्न सक्छन्। केहि खराब छैन। रोहितले सीमित ओभर ढाँचामा देखाए कि कसरी शर्मा र कोहलीको कप्तानीमा ठूलो अन्तर रहेको छ’, गभीरले भने, ‘एक खेलाडीको नेतृत्वमा रहेको टोलीले ५ पटक आइपीएल जित्यो, कोहलीको टीमले जितेको छैन।’

कोहली खराब कप्तान नभएपनि एउटै मञ्चमा पाएको अवसरमा शर्मा र कोहलीको खेललाई समान स्केलमा मापन गर्नुपर्ने उनले बताएका छन्।