रोहित शर्माले बनाए नयाँ 'विश्व रेकर्ड' - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रोहित शर्माले बनाए नयाँ ‘विश्व रेकर्ड’



काठमाडौं। भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन्।

न्युजिल्याण्डका मार्टिन गुप्टिललाई पछाडी पार्दै शर्मा खेलाडीको सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन्।

गुप्टिल ३ हजार ३ सय ९९ रनका साथ दोस्रो स्थानमा रहेका छन्। विराट कोहलीले तेस्रो स्थानमा रहदै ३ हजार ३ सय ८ रन बनाएका छन्। शर्माले वेस्ट इन्डिजविरुद्धको पहिलो टी–ट्वान्टीमा उक्त कीर्तिमान बनाएका हुन्।