लेजेण्ड फुटबलर रोनाल्डिन्हो पक्राउ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लेजेण्ड फुटबलर रोनाल्डिन्हो पक्राउ



काठमाडौं- ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् ।

नक्कली पासपोर्ट प्रयोग गरी पाराग्वे प्रवेश गरेको अभियोगमा स्थानीय प्रशासनले उनलाई पक्राउ गरेको हो ।

३९ वर्षका रोनाल्डिन्होलाई उनका भाइसँगै रिजोर्ट याचेट एण्ड गल्फ क्लबमा नै बन्दीका रुपमा बुधबार राति राखिएको पाराग्वेको गृह मन्त्रालयले जनाएको छ ।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिलका लागि विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

पाराग्वेको राष्ट्रियतासहितको रोनाल्डिन्हो र रोबर्तोको नाममा रहेको पासपोर्ट होटलबाट बरामद भएको जनाइएको छ ।

रोनाल्डिन्होका दाजुभाइलाई होटलमै राखिएको छ ।

पाराग्वेका अधिकारीहरु उनीहरु पक्राउ परेको सम्बन्धमा स्थानीय समय अनुसार बिहीबार बिहान औपचारिक जानकारी दिने छन् ।