रोनाल्डोबारे तपाईलाई थाहा नभएको कहानी यस्तो छ - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

रोनाल्डोबारे तपाईलाई थाहा नभएको कहानी यस्तो छ



रियल मड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनको यात्रालाई ब्रेक लगाउँदै इटालीयन क्लब युभेन्ट्समा केही साता अघि आवद्ध भएका छन् ।

रियलमा रहेर चारपटक च्याम्पियन्स लिगको उपाधि जितेको रोनाल्डोको रियलमा बिदाइ भने सम्झन लायक्क रहेन ।

एक दशक रियलमा बिताएका उनको जीवन कथा

जन्म सन् १९८५ फ्रेबअरी ५ मा भएको हो । उनले फुटबल जगतमा धेरै रेकर्डहरु बनाउन सफल भएका छन् । उनीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । उनको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस एभिइरो हो ।

बच्चामा उनलाई ‘क्राइ–बेबी’ भनेर बोलाउने गरिन्थ्यो । उनकी आमा डोलोरेन्स एभिइरो भन्छिन्,‘जब उ स्कुलबाट घर आउथ्यो तब म उसलाई गृहकार्य गर्न भन्थे । म खाना बनाउन लाग्थे । तर, उ गृहकार्य नै छैन भन्दै झ्यालबाट हाम फालेर खेल्न जान्थ्यो । फुटबल खेल्दा जब उसले बल पास दिन्थ्यो र उसका साथीहरुले गोल गर्न सक्दैनथे तब उ निकै कराउने गथ्र्यो । मानिसहरु उसलाई ‘क्राई–बेबी’ र ‘लिटल बी’ भनेर बोलाउने गर्थे । उसलाई दौडमा कसैले पनि भेट्टाउन सक्दैन्थे ।’

ग्रीसमा अझै पनि रोनाल्डोलाई ‘क्राइ–बेबी’ भनेर बोलाउने गर्छन् । सन् २००४ को युरो कपमा ग्रीससँग पराजित भएपछि उनी निकै रोएका थिए ।

रोनाल्डो आफ्नो स्कुले जीवनमा निकै चर्चित थिए । तर, उनी १४ वर्षको उमेरमा स्कुलबाट निकालिएका थिए । उनले शिक्षकलाई कुर्चीले हानेका थिए । रोनाल्डोका अनुसार शिक्षकले उनलाई सम्मान गरेका थिएनन् । यो नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । रोनाल्डोकी आमाले अब फुटबलमामात्र ध्यान बनाउन भनेपछि उनले फुटबललाई करिअरको रुपमा लिए । केही वर्षमा नै उनी विश्व चर्चित खेलाडी बन्न पुगे ।

रोनाल्डोले पहिलो पटक अनुबन्ध भएको स्थानीय क्लब नासिओल हो । उक्त क्लबबाट उपाधि जितेपछि उनी तीन दिने ट्रायलका लागि स्पोटिङ सिपी क्लब गएका थिए । स्पोटिङ लिसबोनका प्रशिक्षक पाउलो कारडोसो, रोनाल्डोका पहिलो फुटबल प्रशिक्षक पनि थिए, उनले भने,‘जब उसलाई बल पास दिइन्थ्यो तीन–चार जना खेलाडी उ आरामले छक्काउने गथ्र्यो । मलाई लाग्यो यो कुनै सामान्य खेलाडी होइन् । उ ‘स्पेशल–वन’ हो ।

उनी १५ वर्षको हुँदा उनको मुटुमा समस्या देखिएको थियो । जसका कारण उनी फुटबल नै छोड्न पर्ने स्थिति समेत आइपरेको थियो । तर, उनको सफल अप्रेशन भयो । अप्रेशन भएको केही दिनपछि नै उनी फुटबल ट्रेनिङका लागि फर्केका थिए ।

रोनाल्डोले सन् २०१० जुलाई ३ मा आफू पिता भएको घोषणा गरेका थिए । उनले आफ्नो बच्चाको जन्मबारे गोप्य राखेका थिए । उनको छोरा उनकै निगरानीमा रहेका छन् । जुनियर क्रिस्टियानो रोनाल्डोकी आमा एक होटलमा काम गर्ने वेटरेस भएको र छोटो समयका लागि उनीहरु सम्बन्धमा रहेको बताइएको थियो ।

रोनाल्डोको नाम अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट प्रभावित भएर राखिएको हो । रोनाल्डोका पिताका उनी अत्यन्त रुचाइएका एक्टर थिए ।

रोनाल्डो परिवारका सबैभन्दा कान्छा सन्तान् हुन् । आमा मारिया डोलोरेन्स डस सान्तोस एभिइरो, एक कुक हुन् भने पिता जोसे डिनिस एभिइरो एक नगरपालिका गार्डनर हुन् । रोनाल्डोको एक दाई हुगो र दुई दिदीहरु इल्मा र लिलिया काटिया रहेका छन् ।

गरिब परिवारमा हुर्केका रोनाल्डोका दिदीहरु र दाईसँग एउटै कोठामा बस्ने गर्थे ।

रोनाल्डो आफ्नो सबै सफलताको श्रेय आफ्नो अत्यन्त नजिकको साथी अल्बर्ट फानट्राउलाई दिने गर्छन् । उनी भन्छन्,‘म मेरो सफलताको श्रेय अल्बर्टलाई दिन्छु । हामीसँगै फुटबल खेल खेल्ने गथ्र्यौ । युथ क्लबमा छँदा जब स्पोर्टिङ क्लबबाट मानिसहरु हामीलाई हेर्न आएका थिए । हामीलाई भनिएको थियो खेलमा जसले धेरै गोल गर्छ उसलाई एकेडेमीमा लिइनेछ । हामी उक्त खेल ३–० ले जितेका थियौ । मैले एक गोल गरेको थियो र अल्बर्टले पनि हेडिङमार्फत दोस्रो गोल गरेको थियो । तेस्रो गोलमा अल्बर्टले सबैलाई छल्दै अगाडि बढेको थियो । गोलरक्षकलाई समेत उसले छलेको थियो । बाँकी थियो त खाली पोष्टमा गोल गर्ने काम । तर, उसले त्यो बल मलाई पास दियो । मैले गोल गरे र म छनोट भए । पछि मैले उसलाई सोधेको थिए किन यसो गरिस् ? उसले जवाफमा भनेको थियो, ‘म भन्दा तँ राम्रो खेल खेल्छस्’ ।’ त्यस खेल पश्चात अल्बर्ट बेरोजगार भए । तर, उनी धनी देखिन्थे । उनलाई यसबारे सोधिएको थियो । जवाफमा उनले यो सबै रोनाल्डोको उपहार भएको बताएका थिए ।

उनले १७ वर्षको उमेरमा पोर्चुगी सुपर लिगमा आफ्नो डेब्यु गरे । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले सन् २००३ मा १२ मिलियन पाउण्ड तिर्दै क्लबमा अनुबन्ध गरेको थियो । म्यानुका प्रशिक्षक सर एलेक्स फर्गुसनले कुनै हिचकिचाहटबिना नै उनलाई ७ नम्बर जर्सी सुम्पेका थिए ।

फर्गुसनले भनेका थिए,‘यो जर्सी लगाउने चर्चित खेलाडीहरु ब्रायन रबसन, इरिक कान्टोआ, डेबिड बेकह्याम रहेका छन् । धेरैले यो जर्सी मन नपराउलान् तर यो जर्सीले दिने उत्साह नै बेग्लै छ ।’

सन् २००४ मा भएको एफए कप फाइनल खेलमा तीन गोल गर्दै च्याम्पियनसीप उपाधि जिताउन सफल भए । प्रशिक्षकलाई समेत उत्साह थप्ने काम उनले गरे ।

२२ वर्षको उमेरमा उनी ‘बेलोडोर’ र ‘फिफा वल्र्ड प्लेयर अफ दि इयर नोमिनेशन’ मा पर्न सफल भएका थिए । सन् २००८ मा उनले पहिलो पटक फिफा बेलोडोर जित्न सफल भएका थिए । ‘फिफा वल्र्ड प्लेयर अफ दि इयर अवार्डबाट पनि उनी सम्मानित भए । सन् २०१३ र २०१४ को बेलोडेर एकपटक फेरि जित्न सफल भए । उनले सन् २०१५ मा सिनियर करिअरबाट आफ्नो देश र क्लबबाट ५०० गोल गरेका थिए ।

सन् २००८ मा भएको न्युक्यासलविरुद्धको खेलमा रोनाल्डोले पहिलो पटक ह्याट्रिक गर्न सफल भएका थिए । न्युक्यासल उक्त खेलमा ६–० गोलले पराजित भएको थियो ।

रोनाल्डोले म्यानच्यास्टर युनाइटेड छाड्नुपुर्व सन् २००९ मे १० मा भएको खेलमा फ्रिकिकमार्फत गोल गरेका थिए । उनी राइट फुटेट खेलाडी हुन् तर, उनले देब्रे खुट्टाको पनि उत्तिकै सदुपयोग गर्छन् । सन् २००७ मा उनको आमाको स्तन क्यानसर भएको थियो । उनी पहिलो पटक पारिवारिक झमेलामा परेका थिए ।

सन् २००९ मा रियल मड्रिडले १३१ मिलियन डलर मा तिर्दै रोनाल्डोलाई आफ्नो क्लबमा अनुबन्ध गरेको थियो ।

रोनाल्डो दानी पनि उत्तिकै छन् । उनले सन् २०१२ मा आफ्नो गोल्डेन बुट बेचेर आएको पैसा गाँजा क्षेत्रमा रहेका स्कुल बालवालिकाको उत्थानका लागि दिएका थिए ।

सन् २०११ मा एउटा विवाद निकै चुलिएको थियो । रोनाल्डोलाई मन नपराउने फ्याहरुले उनी रिसाह स्वभावको भएको बताएका थिए । तर, सार्वजनिक रुपमा नै उनले आफू धनी, ह्याण्डसम र ट्यालेन्टेड भएका कारण मानिसहरुले आफूलाई मन नपराउने बताएका थिए ।

सन् २०१० मा रसियन मोडल इरिया स्याकसँग रोनाल्डोले डेटिङ गर्न सुरु गरेका थिए । उनीहरुले एक म्यागाजिनका लागि फोटो सुट समेत गराएका थिए । तर, २०१५ मा उनीहरुको ब्रेकअप भएको थियो ।

यदि कुनै क्लबले रोनाल्डोलाई खेलाउन चाहेमा एक बिलियन डलर तिनुपर्नेछ ।

फोब्र्सले रोनाल्डोलाई सबैभन्दा धेरै तलब पाउने फुटबल खेलाडीको सूचीमा दुई पटक राखी सकेको छ । सन् २०१३–१४ मा उनले ७३ मिलियन अमेरिकी डलर कमाउने गरेका थिए भने सन् २०१४–१५ मा उनको सबै गरेर आम्दानी ७९ मिलियन डलर पुगेको थियो । रियल मड्रिड क्लबबाट व्यावसायिक फुटबल खेल खेल्दै आइरहेका रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक पटक र रियल मड्रिड क्लबबाट दुईख पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।