रोनाल्डोले पाए युरोको गोल्डेन बुट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रोनाल्डोले पाए युरोको गोल्डेन बुट



एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

इटालीविरुद्ध फाइनलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङलाई यो अवसर रहेपनि उनीहरुले गोल गर्न नसकेपछि रोनाल्डोले नै यो अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।

रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएका इंग्ल्यान्डका कप्तान ह्यारी केनले चार गोल गरे । केनसँगै बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करिम बेन्जेमा र स्वीडेनका एमिल फोर्सवर्गले समान चार गोल गरेका थिए ।

फाइनलमा दुई पेनाल्टी बचाएका र च्याम्पियनसिपभर नै उत्कृष्ट प्रदर्शन गरेका इटालीका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।