रोनाल्डो र मलाई मानिसहरुले सम्झिनेछन्: मेस्सी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रोनाल्डो र मलाई मानिसहरुले सम्झिनेछन्: मेस्सी



एजेन्सी- अर्जेन्टिनी स्टार लियोनल मेस्सीले आफूले पोर्चगिज क्रिस्टियानो रोनाल्डोलाई सम्झिरहने बताएका छन्।

रोनाल्डो रियल मड्रिडमा हुँदा आफ्नो र उनको खुबै चर्चा हुने गरेको मेस्सीले बताएका छन्।

क्रिस्टियानो रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म मड्रिडबाट खेले। मेस्सी हालसम्म बार्सिलोनामै छन्।

करिब एक दशक फुटबल जगत मेस्सी र रोनाल्डोको पछि दौडियो। दुवैले एक अर्कालाई विभिन्न रेकर्डहरुमा टक्कर दिए।

ला लिगाका यी खेलाडीहरुको समर्थनमा विश्व नै ध्रुविकृत हुन्थ्यो। आफ्नो र रोनाल्डोको प्रतिस्पर्धाको चर्चा विश्वले खुबै रुचाएको मेस्सीको भनाइ छ।

फुटबल इतिहासमा एकै समयमा दुई फुटबलरको यति धेरै चर्चा भएको पहिलोपटक हो भनेर फुटबल विश्लेषकहरु बताउँछन्।

मेस्सी भन्छन्,‘सायद रोनाल्डो र मलाई मानिसहरुले सँधै सम्झिन्छन् होला।’