८६ वर्ष पुरानो रेकर्ड तोड्दै रोनाल्डोले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

८६ वर्ष पुरानो रेकर्ड तोड्दै रोनाल्डोले बनाए नयाँ कीर्तिमान



एजेन्सी- इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

गएराति घरेलु मैदानमा फ्रेन्च क्लब लियोनमाथि २–१ को जित निकाले पनि युभेन्ट्स अबे गोलमा पछि पर्दै अन्तिम १६ बाटै बाहिरिएको हो। समग्रमा खेल २–२ को बराबरीमा सकिएको थियो।

तर, अबे गोलमा लियोन अगाडि रह्यो। कोरोना भाइरसको महमारीका फुटबल गतिविधि रोकिनु ठीक अगाडि भएको पहिलो लेगमा युभेन्ट्स १–० ले पराजित भएको थियो।युभेन्ट्सको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यो दुई गोलसँगै रोनाल्डोले ८६ वर्ष पुरानो रेकर्ड तोडे।

यो सिजन ३७ गोल गर्दै रोनाल्डोले सन् १९९३३-३४ मा फेलिस प्लासिडो बोरेलले ३६ गोल गर्दै बनाएको युभेन्ट्सका लागि एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान तोडे। यो सिजन रोनाल्डोले सिरी एमा ३१ गोल गरेका थिए।

मेफिस डिपाएको पेनाल्टी गोलमा लियोनले १२औं मिनेटमा अग्रता लिएको थियो। ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा युभेन्ट्सका लागि बराबरी गोल फर्काए। ६० औं मिनेटमा रोनाल्डोले पुनः गोल गरेपछि युभेन्ट्सले २–१ को लियो।

तर, त्यसपछि गोल गर्न नसक्दा अबे गोलमा पछि पर्दै युभेन्ट्स अन्तिम १६ मै रोकियो।