सबैभन्दा बढी कमाउने खेलाडीको तेस्रो नम्बरमा परे रोनाल्डो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सबैभन्दा बढी कमाउने खेलाडीको तेस्रो नम्बरमा परे रोनाल्डो



फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यसपटक क्रिष्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा आउने रोनाल्डो अहिले भने तेस्रो नम्बरमा परेका छन् ।

त्यस्तै लियोनल मेसी विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड मेसीले एनबीएका लेबर्न जेम्स र म्यानचेस्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

अर्जेन्टिनाका कप्तान मेसीले १ मे २०२२ सम्मको १२ महिनामा १३ करोड अमेरिकी डलर कमाएका छन् । त्यसमा मेसीले ५ करोड ५० लाख अमेरिकी डलर ‘इन्डोर्समेन्ट’बाट कमाएका हुन् । २०२१ मा लियोनल मेसी दोस्रो स्थानमा थिए । त्यतिबेला कोनोर म्याग्रेगर शीर्ष स्थानमा थिए ।

एनबीएमा लस एन्जल्स लिकर्सका फरवार्ड जेम्सले १२ करोड १२ लाख अमेरिकी डलर कमाएका छन् । उनले खेलबाट ४ करोड १२ लाख अमेरिकी डलर कमाएका छन् भने मैदानबाहिर ८ करोड अमेरिकी डलर कमाएका छन् । उनी गत वर्ष पाँचौं स्थानमा थिए । उनले गत वर्ष ९ करोड ६५ लाख अमेरिकी डलर कमाएका थिए ।

तेस्रो स्थानमा रहन सफल पोर्चुगलका फरवार्ड रोनाल्डोले ११ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । रोनाल्डो अघिल्लो वर्ष पनि तेस्रो स्थानमै थिए । रोनाल्डोले मैदानबाहिरबाट ५ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । यसवर्ष रोनाल्डोको आम्दानी घटेको छ । उनले २०२१ मा १२ करोड कमाएका थिए ।

धेरै कमाउने खेलाडीमा पीएसजीकै फरवार्ड नेइमार चौथो स्थानमा छन् । ब्राजिलका नेइमारले ९ करोड ५० लाख अमेरिकी डलर कमाएका छन् । नेइमार गत वर्ष छैटौं स्थानमा थिए । नेइमारले गत वर्ष पनि ९ करोड ५० लाख अमेरिकी डलर नै कमाएका थिए ।

तीन पटकको एनबीए च्याम्पियन स्टेफन करी पाँचौं स्थानमा छन् । गोल्डेन स्टेट वारियर्सका करीले ९ करोड २८ लाख अमेरिकी डलर कमाएका छन् । एनबीएकै अर्का खेलाडी केभिन डुरान्ट छैटौं स्थानमा छन् । उनले ९ करोड २० लाख अमेरिकी डलर कमाएका थिए । टेनिस खेलाडी रोजर फेडेरर सातौं स्थानमा छन् । फेडेररले ९ करोड सात लाख अमेरिकी डलर कमाएका छन् । फेडेरर गत वर्ष पनि सातौं स्थानमै थिए । उनको कमाई गतवर्षको भन्दा ७ लाख अमेरिकी डलरले बढेको छ ।

मेक्सिकोका बक्सर कानेलो अल्भारेज आठौं स्थानमा छन् । अल्भारेजले ९ करोड अमेरिकी डलर कमाएका छन् । सात पटकका सुपर बल च्याम्पियन बेस बल खेलाडी टम ब्राडी नवौं र एनबीएका खेलाडी जियानिस आतेतोकुम्बो दशौं स्थानमा छन् । ४४ वर्षे ब्राडीले ८ करोड ३९ लाख अमेरिकी डलर कमाएका छन् । आतेतोकुम्बोले ८ करोड ९ लाख अमेरिकी डलर कमाएका थिए ।