रोटरीको आफ्नै भवन निर्माण हुने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रोटरीको आफ्नै भवन निर्माण हुने



भैरहवा : सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले कार्यालय भवन निर्माण गर्ने कार्यको थालनी गरेको छ ।

भैरहवाको लुम्बिनी रोड स्थित आफनै जग्गामा क्लबले कार्यालयको भवन निर्माण गर्ने थालनी गरेको हो ।

क्लबका पुर्व अध्यक्ष एवं सासंद इस्तियाक अहमद खानले सहयोग गरेको ८ धुर जग्गामा कार्यालयकोे भवन बनाउन तयारी थालिएको क्लबका अध्यक्ष सावित्री गुरुङले बताइन । भवन निर्माणका लागि कार्यक्रम संयोजक जितेन्द्र शर्मालाई जिम्मेवारी तोकिएको गुरुङले जानकारी दिइन ।

कार्यालय भवन निर्माण कार्यको थालनीको उद्घाटन क्लबका डिजी संजय गिरीले गरेका थिए । सो अवसरमा क्लबका सचिव ओम जैसी, कोषाध्यक्ष भोजेन्द्र खत्री, केशव शर्मा बेल्बासे लगायतले बोलेका थिए ।