रोटीको कारण श्रीमतीले डिर्भोस मागेपछि.. - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोटीको कारण श्रीमतीले डिर्भोस मागेपछि..



एजेन्सी । वैवाहिक सम्बन्ध ठिक राख्नको लागि दुवै पक्षको उत्तिकै भुमिका रहन्छ । जब अति नै मनमुटाव आउँछ । तब समाधान भनेको दुवै विचको सम्बन्ध बिच्छेद नै हो । पति पत्निबीच हुने वैमनस्यताको कारण त धेरै नै सुनेको छौ तर भारतमा एउटा यस्तो कारणले निकै चर्चा पाएको छ ।
महाराष्ट्रको पुर्णे शहरमा बस्ने एक महिलाले आफ्नो पतिबाट सम्बन्ध विच्छेद गर्नका लागि अदालतमा निवेदन दिएकी छिन् । उक्त महिलाले सम्बन्ध विच्छेद गर्नाको कारण आश्र्चय लाग्दो छ ।

महिलाले बताए अनुसार उनका पतिले प्रत्येक रोटीको २० सेमी गोलाईमा बनाउन लगाउने र बनाउन नसकेमा झगडा र कुटपिट पनि गर्ने गरेका थिए । उनका पति आईटी इन्जिनियर हुन् । यसैकारण सबै चिज उसले भने जस्तो राम्रो बनाउनु हुन्थ्यो ।

उनको पतिलाई प्रत्येक दिन प्रत्येक रोटीको साइज चेक गर्नुपर्थ्यो । दिनभरको काम लिखित रुपमा जानकारी दिनुप¥थ्यो । हरेक दिन उसले दिएको काम पुरा नभएमा तथानाम गाली गर्नुृका साथै कुटपिट गर्र्ने गरेको महिलाले भनेकी छिन् ।

पति रिसाएको बेला सानो गल्तीमा पनि एयरकंडिशन कोठामा चिसोपानी हालेर कोठा बन्द गरिदिन्थे । आफुलाई पटक पटक सुसाइड गर्नको निम्ती प्रेसर दिने कुरा उक्त महिलाले बताएकी छिन् । उनले आफ्नो छोरीको कारण मर्न नसकेको भनेकी छिन् । उनीहरुको सन् २००८ मा विवाह भएको थियो । विवाह पछि केहि साल त राम्रै थियो तर पछि पतिले अनौठो व्यवहार गरे ।