राप्रपाको मतदान सकियो, केही बेरमा मत गणना हुने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राप्रपाको मतदान सकियो, केही बेरमा मत गणना हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबा मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको हो ।

कुल चार हजार ४६९ मतदाता रहेकोमा तीन हजार ९१७ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि, चार हजार मत खसेको भनिए पनि समितिले तीन हजार ९१७ मत खसेको आधिकारिक जानकारी गराएको छ ।

अब बैठक बसेर आचारसंहिता बनाउने र मतगणना सुरु गर्ने निर्वाचन समितिका सदस्यसचिव झनक प्याकुरेलले जानकारी दिए ।

मतदानस्थल भृकुटीमन्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थलमा दंगा प्रहरीसमेत परिचालन गरिएको छ । उमेदवार, प्रतिनिधिलाई समेत विशेष सोधपुछ गरिएको छ ।

पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।