राप्रपाले सहअध्यक्ष पनि दिएन, मिश्रको राप्रपा प्रवेश रोकियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राप्रपाले सहअध्यक्ष पनि दिएन, मिश्रको राप्रपा प्रवेश रोकियो



काठमाडौं- पदमा कुरा नमिलेपछि विवेकशील पूर्वअध्यक्ष रविन्द्र मिश्रको राप्रपा प्रवेश तत्काल नहुने भएको छ । यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि एकता रोकिएको थियो ।

राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले लज्जास्पद हार व्यहारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए ।

यो बीचमा मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशमशेर राणासँग निरन्तर भेटवार्ता गरेका थिए । मिश्रले सह अध्यक्ष दाबी गरेका थिए ।

तर, राप्रपाका पाका नेताहरुले मिश्रलाई सहअध्यक्ष दिन नसक्ने अडान लिएपछि तत्काललाई मिश्रको राप्रपा प्रवेश कार्यक्रम रोकिएको हो । अहिले विवेकशील साझाका नेता तथा कार्यकर्ताहरु तितरवितर भएका छन् ।

वैकल्पिक राजनीतिको नेतृत्व गरेको विवेकशील साझाको नेतृत्वमा मिश्र असफल सावित भएको कतिपयको टिप्पणी छ । अहिले मिश्र आफूले सञ्चालन गरेको हेल्प नेपाल नेटवर्कको गतिविधिमा सक्रिय छन् ।