रास्वपाले वैशाख १० गतेको उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने, यी हुन् कमान्डर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रास्वपाले वैशाख १० गतेको उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने, यी हुन् कमान्डर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२, तनहुँ–१ मा उमेदवारी दिने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

“वैशाख १० मा हुने उपनिर्वाचनमा हामीले तीनै क्षेत्रमा एकल उमेदवारी दिने निर्णय गरेका छौँ,” उनले भने ।

कार्कीका अनुसार आजको बैठकले उपनिर्वाचनका लागि चुनावी ‘कमान्डर’ पनि तोकेको छ । निर्वाचन परिचालनका लागि चितवन–२ मा पार्टी उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, बारामा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिइएको छ । बैठकले परिस्थिति हेरेर सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्ने निष्कर्ष निकालेको छ ।

“सरकारलाई दिएको समर्थन यथावत् छ । अहिले हामीले निर्वाचन फोकस भएर सरकार सहभागिताको विषयमा छलफल गरेका छैनौँ,” उनले भने ।

बैठकले केन्द्रीय समितिबाट राजीनामा दिएका महेश्वर घिमिरेको राजीनामा स्वीकृत गर्ने विभाग तथा समिति गठनका विषयहरूमा छलफल गरेको छ ।