रुखैमा सुकेर खेर जाने टिम्मुर अहिले आम्दानीको स्रोत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रुखैमा सुकेर खेर जाने टिम्मुर अहिले आम्दानीको स्रोत



प्रतीक इच्छुक शर्मा

सल्यान, पुस ११ गते । । यहाँका गाउँ गाउँमा कुनैबेला रुखैमा सुकेर खेर जाने टिम्मुर अहिले आम्दानीको स्रोत बनेको छ । यो वर्ष टिमुर धेरै मुल्य पाएको छ । विगत पाँच वर्षको तुलनमा यो वर्ष टिमुरले मुल्य धेरै पाएको कृषकहरुले वताएका छन् । पाँच वर्ष पहिले ११ रुपैयाँले विक्रि हुने टिमुर यो वर्ष प्रति किलो ३सय ५० रुपैयामा गाऊमै विक्रि हुने गरेको छ ।
यो वर्ष सल्यानमा टिमुर धेरै फलेको छ । भाऊ पनि राम्रै पाएको छ । गत वर्षको तुलनामा भाऊ तेब्वरले वढेको हो दमाचौरका स्थानीय ब्यापारी कृष्णवहादुर वस्नेतले जानकारी दिनु भयो । उहाले भन्नुभयो गाऊमै ३ सय ५० रुपैयामा किन्दै आएका छौ । दमाचौरमा १ हजार १ सय परिवारले आफ्नो खरवारि, खेतवारी डिलमा टिमुर खेती गर्दे आएका छन् वस्नेतले भन्नुभयो यहाँवाट मात्रै चार हजार क्वीन्टल टिमुर किन वेच भएको छ । गतवर्ष एक सय रुपैया प्रति किलो किनेका थियौ ।
टिम्मुरले भाउ पाएपछि यो बर्ष मंसिर महिनामै टिमुर टिपेर वेच्ने कृषहरुले अझै मुल्य वढ्न सक्ने भन्दै टिमुर राखेको पनि दमाचौर ६ का गुराँसेका तेजवहादुर योगीले वताऊनु भयो । टिमुर टिप्दा हैरानी हुन्छ । हातमा काँ विज्छ । तर यो वर्ष मुल्य पाएपाछि खुसी भएका छौ उहाले भन्नु भयो – केही अझै टिमुर विक्रि गरेका छैनन् ।
गत बर्ष सम्म बिक्रि नभएर त्यसै थन्किन्थे । यो बर्ष घरमा मसला खाने समेत राख्न पाईएन कुपिण्डेदहका किरण खडगाले भन्नु भयो– बढिमा २० हजार हुनेमा यो बर्ष एक लाख बढि कमाइृ भएको छ । टिम्मुर बिक्रिबाट कमाइृ भएको पैसाले घरपरिवार चलाउन सहज भयो । गाबिसका धेरै ठाउमा टिम्मुर उत्पादन हुने भएकाले धेरैले कमाइृ गरेको उहाँको भनाई छ ।
टिम्मुरले भाउ पाएपछि यो बर्ष करिब पाँच लाख सम्म कमाइृ भएको कुपिण्डेकै सुनिता बुढाले वताऊनु भयो । उहाले भन्नु भयो खेतीपाती गर्ने पाच रोपनी भन्दा बढि जग्गामा पाच सय बोट टिम्मुर छन । तीन सय जतिमा फल्छन । दुई बर्ष अघि भाउ नपाउदा कुहिएर खेर गएको थियो ।
टिम्मुर बेचेर कमाइृ भएको रकमले जिबिकोपार्जन गर्न र बच्चाबच्ची पढाउन सजिलो भएको छ उहाले भन्नु भयो– घरका छेउछाउ र पाखाबारीमा टिम्मुर लगाएको फाईदा अहिले भयो ।
टिमुर भाऊ पाए पछि कृषकहरु मात्र होईन ब्यापारी पनि खुसी भएका छन् । यो पटक भारतलगायतका अन्य मूलुकमा टिमुर माग वढेको जटिवुटि ब्यवसायी समिति सल्यानका अध्यक्ष एव्म ब्यापारी हरिप्रसाद न्यौपाने वताऊनु भयो । उहाले भन्नुभयो – अहिले सम्म जिल्ला वाट २२ करोडको टिमुर निकासी भएको छ । अझै गाऊवाट आऊने क्रम जारी छ ।
मसला, तेल, औषधीमा प्रयोग हुने टिमुर यहाँ जतातै पाईने गर्दछ । यहाँका सबै सामुदायिक , कबुलियती र निजि जग्गामा टिम्मुर लगाउने क्रम बढदै गएको छ , टिमुर खेती प्रवद्र्धनका लागि जिल्ला वनपस्पती कार्यालय र जिल्ला वन कार्यालयले वेर्ना वितरण, संकलन, लगायतका विषयमा काम गरिहेको जिल्ला वन अधिकृत नवराज काफ्ले वताऊनु भयो । उहाले भन्नुभयो टिमुर खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि रहेको छ ।