रूकुममा माओवादी एकछत्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रूकुममा माओवादी एकछत्र



रुकुम, २० असार ।

दोस्रो चरणमा परेका ५ नम्बर प्रदेशका तीन स्थानीय तहमा पनि जित हासिल गरेपछि जिल्लाका सबै गाउँ नगरको नेतृत्व माओवादी केन्द्रको काँधमा आइपुगेको छ ।

आजको कान्तिपुरमा खबर छ– पछिल्लो निर्वाचनमा सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाको दुवै शीर्ष पदमा माओवादी उम्मेद्वार विजयी भएका छन् । तीन तहका ३१ वटा वडामध्ये माओवादीले २४, कांग्रेसले ३, एमालेले ३ वटामा प्यानलै जितेका छन् । एउटा वडामा कांग्रेस–एमालेको संयुक्त प्यानल आएको छ ।

यो जितसँगै माओवादीले आधार इलाका जोगाएको छ । संविधानसभाका दुवै निर्वाचनमा जिल्लामा एकल जित दर्ता गराएको माओवादीले स्थानीय निर्वाचनमा पनि त्यसलाई गुम्न दिएन । पछिल्लो निर्वाचनमा पनि अन्य राजनीतिक दलको अवस्था खासै सुधारीएको पाइएन । ६ नम्बर प्रदेशकमा पर्ने ६ वटा तहको निर्वाचन पहिलो चरणमै भइसकेको छ । दुवै चरणमा गरी जिल्लाका निर्वाचित कुल ५ सय ३८ जनप्रतिनिधिमध्ये ३ सय ६९ जना माओवादीका छन् ।