रुकुममा एकसय चारवटा मतदान केन्द्र - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुकुममा एकसय चारवटा मतदान केन्द्र



रुकुम, चैत ४ गते ।

स्थानीय तह निर्वाचनका लागि मतदान गर्न यहाँ एकसय चारवटा मतदान केन्द्र हुने भएका छन् । जिल्लाका तीन नगरपालिका र छ गाउँपालिकामा रहेका प्रत्येक वडामा एउटा मतदान केन्द्र रहने गरेर एकसय चारवटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकृत कमलमणि देवकोटाले जानकारी दिनुभयो ।

मतदान केन्द्र पुनरावलोकन तथा सिफारिस समितिको बिहीबार बसेको बैठकले मतदान केन्द्रको टुङ्गो लगाएको हो । यसभन्दा पहिले जिल्लामा एकसय ४८ वटा मतदान केन्द्र भएपनि त्यसलाई घटाएर अब एकसय चारवटा मात्र मतदान केन्द्र कायम गरिएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा जिल्लाभरबाट एकलाख दुई हजार तीनसय ६९ जना मतदाताले भाग लिँदैछन् । रासस