रुकुम पूर्वमा सबै माओवादी केन्द्र विजयी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रुकुम पूर्वमा सबै माओवादी केन्द्र विजयी



हिमाल पोस्ट /रुकुम २२ 

रुकुम (पुर्व)को प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । प्रतिनिधि सभाका लागि १ र प्रदेशसभा सदस्यका लागि २ निर्वाचन क्षेत्र रहेको रुकुम(पूर्व)मा सबै सदस्यमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आज बिहान ९ बजे आएको अन्तिम मतपरिणाम अनुसार सबै सदस्यमा बामगठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्र उम्मेदवारहरु विजयी भएका हुन् ।

प्रतिनिधिसभामा पूर्व महिला छापामार रोका निर्वाचित

रुकुम(पूर्व)बाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनकी कमला रोका विजयी भएकी छन् । रोका नेकपा माओवादी केन्द्रका तर्फबाट बाम गठबन्धनकी उम्मेदवार बनेकी थिईन् । उनले प्रतिद्धन्दि नेपाली कांग्रेसका हरिशंकर घर्तिलाई ६ हजार २८ मतले पराजित गरिन् । रोका १० हजार ४ सय ३४ मत ल्याएर विजयी भईन् । भने कांग्रेसका घर्तिले ४ हजार ४ सय ६ मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी रोका नेकपा माओवादी केन्द्रले २०५२ सालदेखि सुरु गरेको जनयुद्धमा पहिलो छापामार हुँदै राजनीतिमा प्रवेश गरेकी थिईन् । उनी तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्राईको सरकारमा युवा तथा खेलकुद मन्त्री समेत बनेकी थिईन् ।

त्यस्तै नयाँ शक्तिका जितमान पुनले १ हजार ४ सय ८९, नेकपा मालेका मोतिराम खड्काले ४ सय ८७, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रसाद शाहीले ५२ र मंगोल नेशनल अर्गनाईजेशनका रतनवहादुर बुढाले ५८ मत पाए । कुल १८ हजार १ सय १४ मत खसेकामा १६ हजार ९ सय २६ मत सदर भएकामा १ हजार १ सय ८८ मत बदर भयो ।

प्रदेशसभा २ मा माओवादीका पोलिटब्यरो सदस्य ओली निर्वाचित

रुकुम(पूर्व)को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा बामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे । गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए । यस क्षेत्रबाट विजयी ओली नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा पार्टीको जिल्ला इन्चार्ज समेत हुन् । उनी पूर्व जनमुक्ति सेनाका तेस्रो डिभिजन कमाण्डर समेत हुन् ।

उक्त निर्वाचन क्षत्रमै प्रतिस्पर्धा गरेका नयाँ शक्तिका राखिमान घर्तीले ८ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत पाए । कुल १३ हजार ९ सय ३ मतदाता संख्या रहेको उक्त निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो । जसमा ८ हजार ४ सय ८४ मत सदर भयो भने ३ सय ७७ मत सदर भएको थियो ।

प्रदेशसभा २ मा पहिलो जनसरकार प्रमुख घर्ति निर्वाचित
रुकुम(पूर्व) प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि माओवादीका पुर्णवहादुर घर्ति निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा निर्वाचित घर्तिले ५ हजार ८ सय १६ मत प्राप्त गरे । उनका प्रतिद्धन्दि नेपाली कांगे्रसका दत्तवहादुर बस्नेतले ३ हजार १ सय ११ मत पाए । घर्ति र बस्नेतका बीचमा २ हजार ७ सय ५ मततान्तर रह्यो । ९ हजार १ सय २७ मत खसेकामा ८ हजार ९ सय २७ मत सदर भयो । उक्त निर्वाचन क्षत्रमा ३ सय मत बदर भयो ।

प्रदेशसभामा निर्वाचित घर्ती नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश संयोजक हुने भने तत्कालिन नेकपा माओवादी केन्द्रले संचालन गरेको पहिलो जनसरकार प्रमुखपनि हुन् । पार्टी २०५७ सालमा रुकुमको बाँफिकोटमा घोषणा गरेको जनसरकारका प्रमुख हुन् ।

नयाँ पत्रिका बाट