रुपन्देही ५(क)बाट विष्णु पोखरेलको नाम सिफारिस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देही ५(क)बाट विष्णु पोखरेलको नाम सिफारिस



असोज २४ / वुटवल ।

नेपाली  कांग्रेसका युवा नेता विष्णु पोखरेल रुपन्देही क्षेत्र नम्बर ५(क) बाट प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएका पोखरेल लोकप्रीय नेताका रुपमा चिनीन्छन् ।

नेपाल विद्यार्थि संघको राजनीतीवाट खारीएर आएका पोखरेलको प्रत्यक्षतर्फको टिकट पाउने सम्भावना बलियो देखिएको छ । स्कुले जीवनदेखि विद्यार्थी राजनीतिमा लागेका पोखरेल नेपाली कांग्रेसको राजनीतिमा एक फरक पहिचान बनाउन सफल भएका छन् ।२०६२र०६३ को आन्दोलनमा समेत अग्रपंक्तिमा रहेर होमिएका पोखरेल त्यसबेला विद्यार्थी को मोर्चामा रहेका थिए ।

५ नम्वर प्रदेश टुक्राउने निर्णयको विरुद्धमा भएको आन्दोलनको एउटा मार्चाको नेतृत्व पनी उनले गरेका थिए । नेपाली जनताले राजनीतिक उपलब्धिको रुपमा संघीयता, गणतन्त्र लगायत प्राप्त गरिसकेकाले अब ती उपलब्धिलाई सँस्थागत गर्दै आर्थिक सम्बृद्धितर्फ अघि बढ्न आफुले प्रदेश सभामा उम्मेदवार दिन चाहेको उनले वताए । नेपाली कांग्रेसलाई बूढा नेताको पार्टी भनेर लाग्ने गरेको आरोपलाई चिर्न समेत अबका निर्वाचनहरुमा आफु जस्ता युवाहरुलाई अघि सार्नुपर्ने उनको तर्क छ ।