रुपन्देही २ मा हस्ताक्षर नमिलेको बढी मतपत्र भेटियो, मतगणना स्थगित - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुपन्देही २ मा हस्ताक्षर नमिलेको बढी मतपत्र भेटियो, मतगणना स्थगित



रुपन्देही २ मा हस्ताक्षर नमिलेको बढी मतपत्र भेटियो, मतगणना स्थगित

दुई पौडेलबीच भइरहेको घम्साघम्सीमा हस्ताक्षर नै नमिलेका बढी मतपत्र भेटिएपछि तनाव थपिएको छ ।

रुपन्देही २ को मतगणनाका क्रममा मतपेटिकामा हस्ताक्षर नमिलेका बढी मतपत्र भेटिएको छ । पेटिकामा बढी मतपत्र भेटिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेपाली कांग्रेस लगायतका दलहरूले धर्ना दिएका छन् ।

एउटा बाकस गन्दै जाँदा ३४ मत बढी भेटिएको र कतिपय मतपत्रमा हस्ताक्षर नमिलेको गणनामा संलग्न एक अधिकारीले बताए ।

केही मत गणना बाँकी रहँदा पेटीकामा धेरै मत भेटिएपछि अहिले गणना स्थगित गरी धर्ना दिइएको बताइएको छ ।

रुपन्देही २ का निर्वाचन अधिकृत यसअघि नै विवादमा आइसकेका व्यक्ति हुन् । उनी एमालेका कार्यकर्ता समेत हुन् ।