रुपन्देही–१ मा कांग्रेसले थाल्यो मतदाता शिक्षा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रुपन्देही–१ मा कांग्रेसले थाल्यो मतदाता शिक्षा



रुपन्देही, मंसिर १३ –  नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं १ मा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

मतदाता शिक्षाका लागि तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघका कार्यकर्ता परिचालन गरिएको चुनाव परिचालन समितिका संयोजक हिरा खत्रीले जानकारी दिनुभयो ।

भोट बदर भएर चुनाव हार्न नपरोस भनेर घरदैलो अभियानसँगै मतदाता शिक्षा अभियान पनि चलाइएको कांग्रेसले बताएको छ । मतदाता शिक्षाको क्रममा मतपत्रको किसिम, मतपत्रमा स्वस्तिक चिन्ह कसरी लगाउने भन्ने बारेमा सिकाइएको छ ।

रुपन्देही क्षेत्र नं १ मा खानेपानी तथा सरसफाई राज्य मन्त्री नेपाली कांग्रेसका अब्दुल रज्जाकले एमालेका नेता छबिलाल विश्वकर्मासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।