रुपन्देहीमा मतगणनाको लागि सर्वदलिय बैठक बस्दै - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपन्देहीमा मतगणनाको लागि सर्वदलिय बैठक बस्दै



भैरहवा-
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा मतपेटिका ल्याउने क्रम जारी छ । ३६ वटा वडा रहेको यो क्षेत्रमा ४६ वटा मतदान स्थलका १४६ वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ ।

मतपेटिका सहित बचेका मतपत्र र अन्य निर्वाचन सामाग्री हरुपनि मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयमा बुझाउने क्रम जारी छ । मतपेटिका बुझे पछि सर्वदलिय बैठकले मतगणनाको निधो गर्नेछ ।

१ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

मतपेटिका बुझेपछि यकिन डाटा सफ्टवेयरमा प्रविष्ट हुन्छ त्यसलगत्तै मात्रै यकिन तथ्यांक आउँछ । यो क्षेत्रबाट मात्रै ५ सय ८४ मतपेटीका संकलन हुनछ । अझै पनि मतपेटिका आउने क्रम जारी छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा मतगणना हुन्छ ।