रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण : राष्ट्रपति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण : राष्ट्रपति



हिमाल पोष्ट / बुटवल ,माघ २२ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जिल्लाकोको रुद्रपुरमा रहेको हरैया माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दै उनले रुपन्देही पर्यटकीय दृष्टिले अति नै महत्वपूर्ण रहेको बताइन् ।

राष्ट्रपतिले राष्ट्रिय विकासको आधार नै शिक्षा भएकाले राज्यले शिक्षामा लगानी बढाउनुपर्ने पनि बताएकी छन् । उनले राज्यको लगानीसंगै प्रतिफल पनि सोहि किसीमको आउनुपर्ने धारणा राखिन् ।
‘सरकारले अगाडि सारेको लुम्बिनी विकासको गुरुयोजना पूर्ण रुपमा कार्यन्वयनमा आउदा यो भेग लाभान्वीत हुनेछ ।’उनले भनिन् ।
बुद्ध सर्किट र अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थल निर्माणकार्य सम्पन्न पछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटक भित्राउन थप सहयोग पुग्ने उनको भनाइ छ ।
फरक प्रसंगमा उनले सबै मिलेर सामाजिक बिकृती अन्त्य गर्नुपर्नेमा जोड दिईन् ।  उनले सो अबसरमा सोफामै बसेर हरैया दर्पण नामक स्मारिकाको पनि बिमोचन समेत गरेकी थिइन् । उनी जिल्लामा आएका कारण रुपन्देहीको सुरक्षा ब्यबस्था निकै कडा पारिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानध्यापक मेघनाथ शर्माले प्रतिवेन प्रस्तुत गर्दै प्राविधिक शिक्षाको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रममा गोकर्ण क्षेत्री, चुरामणि शर्मा लगायतले बोलेका थिए । जिवन शर्मा लगायत अन्य कलाकारले सांस्कृतिक कार्यक्रम मार्फत उपस्थितीलाई नचाएका थिए ।