रुपन्देही काँग्रेसमा आन्तरिक बिबाद पौडेल पक्षधरका नेताहरु बिरोधमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देही काँग्रेसमा आन्तरिक बिबाद पौडेल पक्षधरका नेताहरु बिरोधमा



तिलक सुवेदी/बुटवल
जिल्ला सदस्य मनोाितमा आन्तरिक छलफल नगरि आफ्ना खुशिले आफुले चाहेका ब्यत्ति राखेको भन्दै बुटवलमा आज पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले आफुहरुसंग बिना कुनै छलफल एकलौटी ढंगले गरिएको नियुक्ती सच्चाउन जिल्ला नेतृत्वलाइ आग्रह गरे । हामिले हाम्रो मान्छे नपरेको भन्दा पनि पार्टीको बिधान बिपरित काम गरेकोमा चिन्ता लागेको नेता ढकाले बताउनु भयो ।
सभापति भएपछि सबैलाई समेटेर लैजानुको साट्टो बिबादमा आउने गरि आफु निटक सदस्य बनाएको उहाँको आरोप थियो । हामीलाई पत्तै नदिइ सदस्य मनोनित गर्र्दा पार्टीलाई ठुलो घाटा हुने सहभागीको भनाई थियो ।
केन्द्रिय नीतिको खिल्ली उडाउदै जिल्ला सभापति तथा सभाषद अब्दुल रञ्जाकले केहि दिन अघि रुपन्देहीका ७ निर्बाचन क्षेत्रबाट २—२ जना गरि १४ जनालाइ नियुक्त गरेका थिए । उनले गरेको नियुक्ती प्रकृया गलत भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले बिरोध जनाएका छन् । पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति ढकालले आफुहरुसंग बिना कुनै छलफल एकलौटी ढंगले गरिएको नियुक्ती सच्चाउन जिल्ला नेतृत्वलाइ आग्रह गरे । ढकालले भने–‘पार्टीका सभापति शेरबहादुर देउवाले केन्द्रमा त बरिष्ठ नेता रामचन्द्र पौडेलसंग सहमति नै गरेर अघि बढिरहेको सन्दर्भमा रञ्जाक जीले यहां मनोमानी गर्ने यो कस्तो नैतिकता हो ।’ ‘आफ्ना गोजीका मान्छेमात्रै नियुक्ती गरेर पार्टी चलाएको की गुट चलाएको रु’ उनले प्रतिप्रश्न गरे । ७ निर्बाचन क्षेत्रबाट १४ गरिएको नियुक्तीमा एक जना पनि महिला छनौटमा परेका छैनन । सभापतिको एकलौटी र जिल्ला समितिको बैठकमा नै एजेन्डै नराखी एक्कासी नियुक्ती गरिएकोमा क्षेन न २ का क्षेत्रीय सभापति मात्रीका यादब ,४ का सभापति हरि लम्साल र ६ का सभापति मुकेश यादबपनि यो प्रकृयाको बिरोधमा छन् । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नं ४ का सभापति हरि लम्सालले भने—‘हिजो चुनाव लड्दा फरक फरक गुटबाट लडेपनि अहिले निर्बाचित भैसकेपछि गुट छाडेर पार्टिको नेतृत्व गर्न सक्नुपर्छ ।’ जिल्लामा तरुण दल पनि २ वटा महिलासंघ पनि २ वटा हुनु गलत भएकाले पार्टिलाइ बलियो बनाउने बेला नेतृत्वले राम्रो काम गर्न नसकेको उनीहरुको तर्क छ । उनीहरुले ब्याक्ती जो भएपनि २ पक्षबिच सल्लाह र सहमतिमा गर्नुपर्ने बताए ।