भारतले पाकिस्तानको आकाशमा भारतीय विमान उडाउन नपाउने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतले पाकिस्तानको आकाशमा भारतीय विमान उडाउन नपाउने



इश्लामावाद । भारतसँग व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेलगत्तै पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एक करिडोर बन्द गरेको छ ।

व्यापारिक सम्बन्ध तोड्ने निर्णय बुधबार गरेको भए पनि आजदेखि एयरस्पेस बन्द गरेको हो । एयर इण्डियाका एक अधिकारीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्रको एक करिडोर बन्द गरेका कारण भारतबाट जाने विदेशी उडानलाई अब १२ मिनेट अतिरिक्त समय लाग्ने भएको छ ।

अधिकारीहरुका अनुसार हवाई क्षेत्र (एयर स्पेस) बन्द गर्दा अब उडानको दोस्रो रुटबाट लैजानुपर्नेछ तर त्यसबाट धेरै फरक चाहिँ नपर्ने बीबीसीले जनाएको छ । पाकिस्तानको हवाई क्षेत्रमा दैनिक एयर इण्डियाका ५० उडान जाने गरेका छन् ।

यसरी जानेमा अमेरिका, युरोप र मध्य पूर्वका उडान पनि छन् । यसभन्दा अघि बालाकोट एयरस्ट्राइकपछि पाकिस्तानले २६ फेब्रुअरीका दिन आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । पाकिस्तानले १६ जुलाईका दिन मात्र यसलाई खोलिदिएको थियो । (बीबीसी)