दुर्लभ थापाले विजय र्‍यालीमा महेश बस्नेत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दुर्लभ थापाले विजय र्‍यालीमा महेश बस्नेत



भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् ।

रोचक त के छ भने उनको विजय जुलुसमा उनीसँगै हारेका महेश बस्नेत पनि देखिएका छन् । बस्नेत थापाको विजय र्यालीमा सामेल भएर हिँडेका छन् ।

थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए ।

बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।