भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा ,प्रम ओलीसंग शिष्टाचार भेटवार्ता गर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौंमा ,प्रम ओलीसंग शिष्टाचार भेटवार्ता गर्ने



काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन्त्रको पाँचौं बैठकका लागि नेपाल आएका हुन् । नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

बैठकमा सहभागी हुनुपूर्व उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै, उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।