सारथी एल्बममा रहेको“बिर्सेको त छैन मैले”बोलको आधुनिक गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सारथी एल्बममा रहेको“बिर्सेको त छैन मैले”बोलको आधुनिक गीत बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र २० 

चर्चित गायक प्रमोद खरेलको आवाजमा सारथी एल्बममा रहेको “बिर्सेको त छैन मैले ” बोलको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।

चर्चित गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको रचना तथा सङ्गीतमा रहेको गीतलाई सारथी म्युजिकले बजारमा ल्याएको हो । सार्वजनिक भिडियोमा विक्रम चौहानको निर्देशन, बाशु बरालको छायांकन र मिलन बि.कको सम्पादन रहेको छ भने सुरेश पोखरेल र अपेक्षा बस्यालको अभिनय देख्न सकिन्छ ।