विश्वका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारमा अक्षय कुमार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वका सबैभन्दा धेरै कमाइ गर्ने कलाकारमा अक्षय कुमार



एजेन्सी । अक्षय कुमार विश्वका १०० सबैभन्दा धेरै कमाइ गर्ने सेलेब्रिटिको लिष्टमा पर्ने भारतको एक मात्र कलाकार हुन् ।

२०१९को सबैभन्दा बढी पैसा तिरिएको सेलेब्रिटी लिस्टमा अक्षय ३३औं स्थानमा परेका छन् । उनको कमाई २०१८ देखि २०१९ बीचको एक वर्षमा ६५ करोड डलर रहेकाे छ ।

कमाईबारे अक्षयले भने पैसा निकै मेहनतले कमाएको हुँ त्यसैले आनन्द लाग्छ । पैसा सजिलै आउँदैन मैले आफ्नो रगत पसीना बगाएको छु त्यसैले यो मेरो लागि महत्वपूर्ण छ तर सबैथाेक हाेइन एकहदसम्म ।

अक्षयकुमार पछिल्लो समय फिल्म ‘मिशन मंगल’मा ब्यस्त छन् । जुन १५ अगष्टमा रिलिज हुँदैछ , फिल्म २०१३मा मंगल ग्रहमा पठाइएको मिशन यानमा आधारित छ । फिल्ममा अक्षय कुमारको साथमा विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु,नित्या मेननआदीको मूख्य भूमिका रहेको छ ।